तीन हजार बढी घरमा प्रहरीको नम्बर सहितको ‘स्टिकर’

तीन हजार बढी घरमा प्रहरीको नम्बर सहितको ‘स्टिकर’

अछाम :इलाका प्रहरी कार्यालय कमलबजारले तीन हजार ८९३ घरदैलोमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गरेको छ ।

कमलबजार नगरपालिकाका १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिएको हो ।

कमलबजार प्रहरीले गत पुस १८ गतेदेखि घर घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुभारम्भ गरेको थियो ।

सो अभियान १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरि सकिएको छ ।

प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको शीघ्र सूचना प्राप्त गर्न र नागरिक प्रहरीबीचको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख बीरेन्द्र जोहारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *