एकद्वार संकट व्यवस्थापन केन्द्र अन्तर्गत लैङ्गिक हिंसा व्यवस्थापन समितीको बैठक सम्पन्न

एकद्वार संकट व्यवस्थापन केन्द्र अन्तर्गत लैङ्गिक हिंसा व्यवस्थापन समितीको बैठक सम्पन्न

अछाम : एकद्वार संकट व्यवस्थापन केन्द्र अन्तर्गत लैङ्गकि हिंसा व्यवस्थापन समिती अछामको बैठक सम्पन्न भएको छ ।

समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्रथम चौमासिक सम्म प्रदान गरिएका सेवा हरुको प्रस्तुतिकरण तथा समिक्षा गरिएको थियो ।

बैठकमा जिल्ला अस्पताल अछाममा संघ सशर्त  कार्यक्रम तर्फ चालु आ•व २०८०/०८१ को लागी
एकद्वार संकट व्यवस्थापन केन्द्र संचालनका लागि १२ लाख बिनियोजन गरेकोमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना  र संचालन निर्देशिका  बमोजिम  विभिन्न शीर्षकमा बजेट बिनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट घट्दै आउने गरेकोले
एकद्वार संकट व्यवस्थापन केन्द्रले आर्थिक समस्या झेल्दै आएको छ ।

हिंसामा परेका व्यक्तिहरुलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको बताउदै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले
विभिन्न संघसस्था स्थानीय निकायले अपनत्व देखाउदै सहयोग गर्न आवश्यक रहेको बताए ।

महिला तथा बालबालिकाहरु विभिन्न प्रकारका लैगिंक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गरेकोले यस्ता समस्याहरुको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका किशोरी तथा महिलाहरुका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको बताए ।

हिंसामा परेका महिला दिदियस्ता समस्याहरुको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका किशोरी तथा महिलाहरुका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

हिंसा पीडित महिला हरुले अस्पतालमा उपचार गराउन आउँदा हिंसाको कारण नखुलाउने गरेको
र स्वास्थ्यकर्मी हरुको परामर्शले मात्रै हिंसाको  पहिचान खुल्ने गरेको नर्सिङ अधिकृत गंगा बुढा मगरले बताइन् ।

प्रहरी मार्फत आएका घटना लाई मात्रै हिंसाको घटना भएको बुझाइले समुदायमा हिंसाका घटना दबेर बसेका सरोकारवालाले बताएका थिए ।
कार्यक्रममा जिल्ला अस्पताल अछामका निमित्त मेसु रबि यादव ,जिल्ला न्यायाधिवक्ता खडक खड्का , जिल्ला समन्वय समिती अछामका निमित्त समन्वय अधिकारी सिद्धराज जोशी ,आइपास नेपालका रमेश थापा,जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउद लगायत सरोकारवालाको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *