विज्ञान विषय पढ्न चाहने विद्यार्थीलाई नगरले पूर्ण छात्रवृतिको व्यवस्था गर्छ : नगरप्रमुख कुँवर

विज्ञान विषय पढ्न चाहने विद्यार्थीलाई नगरले पूर्ण छात्रवृतिको व्यवस्था गर्छ : नगरप्रमुख कुँवर

कल्पना बोहरा , अछाम-  साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विज्ञान  विषय अध्ययन गर्न ईच्छुक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नगरपालिका पूर्ण छात्रवृतिको व्यवस्था गर्ने बताएका छन्  ।

रेडियो जनप्रिय एफएमले साँफेबगर नगरपालिका –१ वैजनाथमा आयोजना गरेको जनप्रतिनिधिसँग मेयर कार्यक्रममा बोल्दै उनले नगरका १४ वटै वडाबाट एक÷एक जना विद्यार्थीलाई अध्ययनको लागि नगरपालिका जिम्मेवारी लिन तयार रहेको बताए । आर्थिक अवस्था कमजोर भएका जिल्ला बाहिर जान नसक्ने विद्यार्थीको लागि सुर्यचन्द्र माविमा विज्ञान विषय अध्ययनको लागि नगरपालिका तयार रहेको नगर प्रमुख कुँवरले बताए ।

‘नगरका अधिकांस विद्यालयमा विज्ञान शिक्षकको अभाव रहेको छ । नगरले पटक–पटक विज्ञापन आह्वान गर्दा पनि दर्खास्त आउन सकेन ।’ उनले भने ।  पालिकास्तरमा शिक्षण सिकाई अनुदानका लागि नियुक्त गर्न भन्दै छुट्टै कोटा दिए पनि त्यसबाट पनि पदपुर्ती हुन नसकेको उनले बताए । यसको दीगो व्यवस्थापनको लागि अहिलेको लागि सुर्यचन्द्र माविमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी विज्ञान विषय अध्ययन गर्ने पाउने  नगर प्रमुख कुँवरले बताए ।

विद्यालयमा शिक्षक अभाव हुनुमा गणित विज्ञान पढेकाहरुको संख्या कम हुनु र पढेकाहरु पनि लोकसेवाको तयारीमा रहने गरेका कारणले पालिकास्तरमा पनि विज्ञान÷गणित शिक्षक नियुक्त गर्न समस्या हुने गरेको साँफेबगर शिक्षा शाखाका प्रमुख हिरादत्त भट्टको भनाई रहेको छ । विज्ञान÷गणितका शिक्षक अभाव हुँदा पढाइको गुणस्तर घट्ने गरेको उनले बताए ।

‘विज्ञान विषय अध्ययन गरेकासँग इजाजत पत्र हुँदैन । इजाजत पत्र भएकाहरु दुर्गम ठाउँमा आउन नमान्दा गणित, विज्ञानका शिक्षको अभाव रहेको छ  ।’ उनले भने । स ा पालिकाले पटक–पटक विज्ञापन आह्वान गर्दा पनि दर्खास्तस्त आउन नसकेको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै  वडा नम्बर १ वैजनाथका अध्यक्ष नन्दबहादुर ठकुल्लाले पनि आर्थिक अवस्था कमजोर भएका विज्ञान विषय अध्ययन गर्ने चाहले २ देखि ३ जनालाई वडाले पनि निःशुल्क पढ्ने व्यवस्था बताए । जेहेन्दार विद्यार्थीलाई पढ्नबाट बन्चित नगराइने उनले बताए ।

सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले विद्यालय तहबाटै नै विज्ञान विषयमा जोड दिनुपर्ने बताए ।  । विज्ञान विषय लिएर पढ्ने अधिकांश विद्यार्थीले भविष्यमा ठूलो डाक्टर वा इन्जिनियर बन्ने प्राविधिक विषय भएका कारण लगानि बढाउनु पर्नेमा जोड दिए । विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियरबाहेक विज्ञानका अन्य थुप्रै विषयमा भविष्य निर्माण गर्न सकिने उनले बताए ।

विद्यालय तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्न सके मात्र देशमा सक्षम र दक्ष वैज्ञानिक तथा प्राविधिक मानव संसाधन उत्पादन गर्न सकिने प्रधानाध्यापक शाहको बताए ।

उनका अनुसार अहिले सुर्यचन्द्र माविमा कक्षा ११ र १२ मा २६ जना विज्ञान विषय अध्ययन गरिरहेका छन् ।  १६ जना विद्यार्थी चौरपाटी गाउँपालिकाको सहयोगमा विज्ञान विषय निःशुल्क रुपमा अध्ययन गर्दै आएको जानकारी दिए । जनप्रतिनिधिसँग मेयर कार्यक्रममामा निवर्तमान जिल्ला समन्वय समिति सदस्य लक्ष्मि शाह, पूर्ववडा अध्यक्ष अमर शाह, वडा सदस्य लगायत सरोकारवालको सहभागिता रहेको थियो । साँफेबगरबाट संचालित रेडियो जनप्रियले साँफेबगर नगरपालिकासँगको समन्वयमा नगरका १४ वटै वडामा मेयरसँग जनता राखेर प्रत्यक्ष संवाद गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *