ढकारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ढकारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अछाम – अछामको ढकारी गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । ढकारी गाउँपालिका खेलकुद विकास समतिका अध्यक्ष टंक साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर बुढाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकलादेवी शाही विशिष्ट अतिथि रहेको कार्यक्रममा ढकारी गाउँपालिकाभित्रका ७ वटा माध्यामिक विद्यालयको कार्यक्रममा सहभागिता रहेको थियोे ।

प्रमुख अतिथिको आशनबाट बोल्दैनिवर्तमान गाउँपालिका अध्यक्ष  बुढाले खेल अनुशासनको पहिलो खुट्किलो भएकाले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्ने बताए । आफ्नो कार्यकालमा खेल क्षेत्रका लागि केही हदसम्म पहल गरे पनि त्यसले पूर्णता पाउनका लागि अहिलेको गाउँपालिकाको नेतृत्वले खेलकुद क्षेत्रलाई विषेश महत्व दिनु पर्ने उनले बताए । गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै साउदले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकनारायण पोख्रेल , ८ वटै  वडाका वडा  अध्यक्ष , नेपाली काङ्ग्रेसका भवानी प्रसाद उपाध्याय , नेकपा एमालेका एकिन्द्र कुमार शाही , नेकपा माओवादी केन्द्रका  जीवन बहादुर विक , नेकपा समाजवादी दिल बहादुर थापा , नेकपा विप्लवका लोकेन्द्र बहादुर शाही , लगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *