कमलबजारमा विपद् व्यवस्थापन सम्बन्धी अनुशिक्षण

कमलबजारमा विपद् व्यवस्थापन सम्बन्धी अनुशिक्षण

अछाम :  विपद् व्यवस्थापन समिति कमलबजारको आयोजना तथा सशस्त्र प्रहरी बल खप्तड नम्बर ४९ गुल्म  हेडक्वाटर, अछामको सहजीकरणमा विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण सम्पन्न भएको छ।

कलबजार नगरपालिका नगर प्रमुख एवं विपद व्यवस्थापन समिति संयोजक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल रहनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट उपलब्ध भएका खोज तथा उद्वार सम्बन्धी सामाग्रीको प्रयोग बारेमा सशस्त्र प्रहरी बल खप्तड नम्बर ४९ गुल्म  हेडक्वाटर, अछामले जानकारी गराएको थियो ।

बिपद पछिको खोज उद्दारका लागी १०० बढी  स्थानीय तहलाइ उक्त सामाग्री उपलब्ध गराइएको थियो । जसमा अछामको कमलबजार नगरपालिका पन्चदेवल बिनायक नगरपालिका,मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिका रहेका छन् ।

देशका ७५३ वटा स्थानीय तह हरु मध्ये बिगतको समयमा घटेका विपदका घटना हरुलाइ मध्यनजर र प्राधिकरणको जानकारीमा आएका घटनाको आधारमा सबैभन्दा बढी विपदको घटनाले क्षति भएका १०० बढी स्थानीय तहहरुलाइ खोज तथा उद्वारका सामाग्री उपलब्ध गराइएको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धुर्व बहादुर खड्काले बताए ।

कमलबजार नगरपालिकामा प्राप्त सामाग्रीको मुल्य  १७ लाख  ४१ हजार १ सय ९८ रुपैया रहेको नगर प्रमुख ढकालले जानकारी दिए ।

नगर भित्र बाढी पहिरो, हावाहुरी चट्याङ भुकम्प, लगायतका सम्भावित विपदजन्य घटनाका सम्भावित क्षेत्र आँकलन गरि आवश्यक पूर्व तयारीका साथै नगरले विपद ब्यवस्थापन सम्बन्धी  तालिम प्राप्त टिमलाइ बोलाएर प्रत्येक वडामा युवा स्वयंसेवक छनौट गरेर तालिम दिएर विपद क्षेत्रमा स्वयंसेवक परिचालन गरिने उनले बताए ।

स्थानीय तहमा कुन कुन प्रकारका प्रकोपहरु कुन–कुन ठाउँमा पर्छन् भन्ने कुराको पहिचान गरि
विपद व्यवस्थापनका सामाग्री तयारी अवस्थामा राख्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

बिपद ब्यवस्थापनमा सुरक्षाकर्मिले मात्रै सक्रिय हुनु भन्दा स्थानीय तह हरुले बिपद ब्यवस्थापन सम्बन्धि तालिम संचालन गरि विपद व्यवस्थापन सामाग्रीको स्वयंसेवक लाई प्रयोग सम्बन्धी तालिम दिएर परिचालन गर्नुपर्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी ,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डेय,इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक बिरेन्द्र जुहारि लगायत ,जनप्रतिनिधि ,कर्मचारी एवं सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *