मासुमा लागुऔषध लुकाएर लिदै गरेको अवस्थामा अछाम कारागारबाट एकजना पक्राउ

मासुमा लागुऔषध लुकाएर लिदै गरेको अवस्थामा अछाम कारागारबाट एकजना पक्राउ

सुशील भण्डारी,अछाम १८ पौष : अछाम जिल्लाबाट लागू औषधसहित एकजना  लाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ४० मिलिग्रामसहित कमलबजार नगरपालिका-३ बस्ने २३ वर्षीय जनक बडुवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला कारागार अछाम बाट मासु भित्र लुकाएर कैदी लाई दिनजाने क्रममा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप एक जनालाई सोधपुछका लिइएको  जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी  प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए । पक्राउ परेका र सोधपुछका लागी  लिइएका दुबैजना अछाम कारागारमा कार्यरत कर्मचारी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *