मेलमिलापको नीति कांग्रेसको मूल नीति हो : सहमहामन्त्री चलाउने

मेलमिलापको नीति कांग्रेसको मूल नीति हो : सहमहामन्त्री चलाउने

अछाम : नेपाली कांग्रेसका सुदुरपश्चिम सहमहामन्त्री अम्बिका चलाउनेले मेलमिलापको नीति कांग्रेसको मूल नीति भएको बताउनुभएको छ ।

बीपीले देखाएको मेलमेलापको बाटो नै कांग्रेसको मूल बाटो  भएकोले यो बाटोलाई कांग्रेसले बिर्सन नहुने बताउनुभयो ।

सोमबार ४८ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस अछामद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले बीपीले कुनै संस्था वा कुनै दललाई नभई राष्ट्रियताका लागि सहकार्य र लोकतन्त्र स्थापनाको सङ्घर्षका लागि लिइएको नीतितर्फ राजनीतिक दलको ध्यानाकर्षण हुनुपर्ने भनाइ राख्नुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नु हुँदै नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य बेदप्रकाश तिमिल्सैनाले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन् । बीपी लगायतका नेताहरुले ल्याएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति लाई सबैले अनुसरण गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने बक्ता हरुले नेपाली काङ्ग्रेस पार्टी गुट उपगुटबाट ग्रसित बनेकोले गुट उपगुटरहित काङ्ग्रेस हुनुपर्ने बताएका थिए । काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधि हरुले पार्टी संग समन्वय सहकार्य नगरेर आफ्नै तरिकाले काम गरिरहेका आरोप लगाए । नेताकार्यकर्ता बिचको सम्बन्ध प्रगाढ बनेपछि मात्रै पार्टी बलियो हुने भएकोले सबै एकताबद्ध तरिकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

कार्यवाहक सभापति नयाँराम बजगाइको अध्यक्षतामा कार्यक्रममा महासमिति सदस्य सुरत बहादुर बिष्ट ,पदमराज अधिकारी ,अन्जु मल्ल ,भगवती खनाल,जिल्ला समन्वय समितीका प्रमुख ललित बहादुर कुवर,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय सभापति पुष्पराज शर्मा , बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद,महाधिवेशन प्रतिनिधि पुर्णा शाह तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट ,नेबिसंघ अछामका अध्यक्ष खेमराज खड्का लगायत नेताहरुले मन्तव्य राखेका थिए । पार्टी उपसभापति अर्जुन ताम्राकारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी प्रबक्ता पदम बहादुर शाहले गर्नुभएको थियो ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बंगलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि बीपीलगायत नेताहरु देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किएका बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *