बस्तीमा एकिकृत घुम्ती शिविर, ५ सय जनाले सेवा लिए

बस्तीमा एकिकृत घुम्ती शिविर, ५ सय जनाले सेवा लिए

अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा न १३ बस्तीमा एकिकृत घुम्ती शिविरमा ५ सय जनाले सेवा लिएका छन । मंगलसेन नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजामा संचालन भएको शिविरमा साविकको बस्ती गाविसका नागरिकहरुले सेवा लिएका हुन ।

भौगोलिक रुपमा विकट वडाका नागरिकहरुलाई उनीहरुकै गाउँमा गएर विभिन्न किसिमका सेवाहरु दिने उदेश्यले आयोजना गरिएको शिविरमा १ सय ५६ जनाको आँखा चेकजाच गरिएको छ भने मोति बिन्दु भएका १४ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ ।

शिविरमा डाडीगडे, सालपाटा, बस्ती, बाडा, बुढाबाडा लगायतका टोलबाट आएका अन्य ३ सय १८ जनाले पनि सेवा लिएका स्वास्थ्य शाखा मंगलसेनमा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।

स्वास्थ्यचौकी बस्तीमा सम्पन्न शिविरमा तिन जनाले ख वर्ग र एकजनाले क वर्गको अपांगता परिचयपत्र लिएका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका साहारा बिहिन नागरिकहरुलाई शिविर बाट निकै ठुलो राहात मिलेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

भिडियो एक्सरे, आखाँका जाच, अपांगता परिचय पत्रका लागि महंगो भाडा तिरेर मंगलसेन जानु पथ्र्यो तर शिविरले आफुहरुको समस्या गाउँमा समाधान गरि दिएको बस्तीका नागरिकहरुको भनाई छ ।

शिविर स्थालमा सहभागि स्थानीय नागरिकहरुलाई नगरपालिका र स्वास्थ्य संस्था बाट प्रदान गरिने सेवा, यसको प्रकृयाका बारेमा पनि जानकारी गराईएको थियो ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलीले वडा न १३ बस्तीमा रहेका विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन तथा सम्भाव्यताको समेत अध्यान गरेको छ ।

टोलीमा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगाना, मंगलसेन नगरपालिकाका प्रशासकी अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत बिष्णु प्रसाद उपाध्याय, मंगलसेन नगरपािलका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, ईन्जिनियर खम्म केसी, शिसुसुधार मावि बस्तीका प्रधानाध्यापक अर्जुन थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *