ठाटीकाँधमा अब वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

ठाटीकाँधमा अब वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख : ठाटीकाँध गाउँपालिकाले अब वडाबाटनै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकाे छ।

गाउँपालिकाकाे केन्द्रबाट टाढा रहेका वडाहरुमा वडा कार्यलयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हाे ।

गाउँपालिकाकाे केन्द्रमा रहेकाे कुमारी बैंक र गाउँपालिकाकाे समझदारीमा वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीले बताए ।

बैंककाे जारी सुचना अनुसार वडा नं ३ ,४ र ५ मा वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सुचना भए बमाेजिम पालिकाकाे ३ वटा वडामा जम्मा ५१२ जना। व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको र अन्य वडा नं १ ,२ र ६ मा सम्बन्धित शाखा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरीने प्रबन्धक जगत बहादुर थापाले बताए ।

गाउँपालिका अध्यक्ष शाहले भने- ‘लामाे समय पछिकाे प्रयास पछि गाउँपालिकाकाे केन्द्रमा रहेकाे कुमारी बैंक र गाउँपालिकाकाे समझदारीमा पहिलाे पटक वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाेले प्राविधक समस्या तथा विविध कारणले काेही कसैले नपाएकाे गुनासाे सुनेकाे छु, आगामी दिनमा यस्ताे समस्या नआउनकाे लागि बैंकले तयारी पूरा गरेर वडामा जानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *