नापी कार्यालय अछामका अमिन मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते, भेन्टिलेटरमा उपचार हुँदै

नापी कार्यालय अछामका अमिन मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते, भेन्टिलेटरमा उपचार हुँदै

अछाम  : जिल्ला नापी कार्यालय अछामका अमिन करन साउद मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

कञ्चनपुरका छाडा पशु चौपाया(गाई) सँग मोटरसाइकल ठोक्किदा साउद घाइते भएका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय  साउँदको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला नापी कार्यालय अछामका नापी अधिकृत बिदुर पौडेल बताए । मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *