सुन्दर समाज निर्माण गर्न बोलेर हैन ब्यवहारमा लागु गर्नुपर्छ : प्रजिअ पोखरेल

सुन्दर समाज निर्माण गर्न बोलेर हैन ब्यवहारमा लागु गर्नुपर्छ : प्रजिअ पोखरेल

अछाम : अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले सुन्दर समाज निर्माणणका लागी बोलेर मात्रै नभई ब्यवहारमा समेत लागु गर्नुपर्ने बताएका छन। शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको चाडपर्व लक्षित शान्ति सुरक्षा, बजार अनुगमन लगायत समसामयिक बिषयको अन्तरक्रिया कार्यक्रम बोल्दै उनले चाडपर्वका बेला रातिका मेलाहरुमा झै झगडा हुने र त्यसले ठुलो खालको दुर्घटना निम्त्याउने भएकोले बन्द गर्नु पर्ने समे बताए ।

त्यस्तै उनले चाडपर्वको समयमा महंगि कालोबजारी बढ्ने भएकोले यसबाट सजग र सचेत रहन उपभोक्ता हरुलाइ अनुरोध समेत गर्नुभयो । एक फरक प्रसङ्गमा बोल्दै उहाँले छाउपडी,बालबिवाह लगायतका कु-प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताए । कार्यक्रममा बोलेर मात्रै नहुने भएकोले सुन्दर समाज निर्माणणका लागी ब्यवहारमा समेत लागु गर्नुपर्ने बताए ।

अछाम जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिएको बताए । उनले जिल्लाका दश वटै स्थानीय तहमा आफुहरु निरन्तर समन्वयमा रहेको र चाडपर्ब, अन्य बिशेष परिस्थीति र बजार अनुगमन जस्ता बिषयहरुको निगरानीमा कुनै कमी हुन नदिएको बताए । कर्मचारी अभावमा समेत अहिले जिल्ला प्रशासनले सेवा प्रवाहमा ठुलो प्रगति गरिरहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पोखरलले जिल्ला प्रशासन कार्यालयबाट प्रदान  गरिने  नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायतका सेवाहरु छिटोछरितो ढंगले भइरहेकाले कुनैपनि सेवाग्राहीले लामो समय कुर्न नपर्ने बताए । उनले बिगतमा दिनमा ३०/३५ जनाले सेवा लिने गरेकोमा अहिले एकै दिनमा ५ सय जनाले सेवा लिइरहेको बताए । उनले सहभागिहरुले उठाएका शान्ति सुरक्षा, नागरिकता लगायतका बिषयमा जवाफ दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *