जैसरादेबि स्मृति युवा क्लबको आयोजनामा तेस्रो खुल्ला किर्केट प्रतियोगिताको उद्घाटन

जैसरादेबि स्मृति युवा क्लबको आयोजनामा तेस्रो खुल्ला किर्केट प्रतियोगिताको उद्घाटन

अछाम ,१० कात्तिक : श्री जैशरादेबि स्मृति युवा क्लब तुर्माखाद गाउँपालिका वडा नम्बर ६ रानिबनको आयोजनामा तेस्रो  खुल्ला किर्केट प्रतियोगिताको उद्घाटन गरिएको छ ।

युवा क्लबका अध्यक्ष जनक बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले ग्रामीण भेगका युवा हरुमा खेलकुद तर्फ आक्रसण बढ्नु खुशीको कुरा भएको बताउनुभयो । ।

खेलाडि राष्ट्रका गहना भएकोले खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहेन बताउनुभयो । अछाम क्षेत्र नम्बर २ को विकासका लागी आफु सकृय भएर लागेकोले यो कार्यमा सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । सबैमा सकारात्मक सोच निर्माण भयो भने विकास सजिलै सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य पदमराज अधिकारी ,पार्टी उपसभापति नयाराम बजगाइ,महाधिवेशन प्रतिनिधि नमबहादुर शाही र नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सदस्य जवालसिंह बुढा ,राजेश बाबु बोगटी ,वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम न्यौपाने ,अनेरास्ववियु अछामका संयोजक कमल कोलि लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन कमल बिसिले गर्नुभएको थियो । कार्यक्रमको संयोजक तुर्माखाद गाउँपालिका ६ रानिबन निवासि र हाल अमेरिकामा बस्दै आएका भरत बिष्ट रहनु भएको छ ।  प्रतियोगितामा १७ वटा टिमको सहभागीता रहेको जीवन नेपालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *