अछाममा बाजागाजा सहित नेपाली सेनाले भित्र्याए फुलपाती

अछाममा बाजागाजा सहित नेपाली सेनाले भित्र्याए फुलपाती

सुशील भण्डारी ,कात्तिक ४ ,अछाम : नेपालीहरुको महान चाड बडा दसैंको आज सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईदै छ । असोही अवसरमा अछाममा नेपाली सेनाको  गोरख बक्स गण र नेपाल प्रहरीले जिल्ला सदरमुकाम स्थित आ—आफ्ना व्यारेकमा  जमरा घरमा फूलपाती भित्र्याएका छन् ।

नेपाली सेना , नेपाल प्रहरीले जिल्ला सदरमुकाममा रहेको षाेड्सा देबि मन्दिर र सान्निकोट माइको मन्दीरबाट ल्याइएको फूलपाती सम्मान गारत सहितको टोलीले बाजा गाजा र स्थानीय बाजागाजा  सहित पूजाघरमा भित्र्याएको हो ।

अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणको एक टुकटीले हिन्दु धर्मको परम्परागत संस्कृति र आफ्नो प्रचलन अनुसार सलामी दिएको थियो ।

सेनाको प्रचलन अनुसार सलामी दिदै कुपिण्डो र बोकाको बली दिई धार्मीक परम्परा अनुसार फुलपाती भित्र्याईएको छ ।

बेलपत्र, दारिम, हलेदो, केराको बोट, उखु, धान र जयन्ती, अशोकको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गर्ने चलन रहेको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका फुलपाती भित्र्याउने गरिएको  प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ उनको भनाइ छ । हाम्रा रिति रिवाज र चाडपर्व हरुलाइ जगेर्ना गर्ने उदेश्यका साथ फुलपाती भित्र्याउने कार्यक्रम भव्य रुपमा मनाइएको बताए ।

कार्यक्रममा गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी जनक सिलवाल  जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *