७२ वर्षमा नागरिकता पाउँदा डम्बर साउद खुशी

सुशील भण्डारी ,अछाम : ७२ वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछाम बाट नागरिकता लिएकाछन ।
मेल्लेख गाउँपालिका वडा नम्बर ७ का ७२ बर्सिय डम्बर साउदले  लामो समयपछि नागरिकता लिएका हुन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय अछाम पुगेका साउदलाई प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।
रोजगारीको सिलसिलामा लामो समय देखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन्न ।
बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकोमा डम्बर साउदले  खुशी व्यक्त गरे ।
लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरी हरुले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने ढिलै भएपनि नागरिकता पाएको छु अब छोराछोरी लाइ पनि नेपाली नागरिक बन्न पाउने भए ।
अछाम जिल्लाका धेरैजसो नागरिक हरु रोजगारीको सिलसिलामा  भारतका विभिन्न ठाँउमा जाने गरेका र  आवश्यक कागजात समेत नबोकी बृद अवस्थामा नागरिकता बनाउन आउनेको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।
पछिल्लो समय यता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टा मै सेवा प्रदान गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाड समेत कम भई सेवाग्राहीलाई समेत सहज हुन थालेको हो ।
अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक सम्पुर्ण कागजात पुर्याएको खण्डमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको  प्रजिअ पोखरेलले बताए ।
३० मिनेटमै सेवा पाउन थालेपछि  अछामका ग्रामीण भेगबाट आउने  सेवाग्राहि निकै सहज भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)
सुशील भण्डारी ,अछाम ०१ कात्तिक
७२ वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछाम बाट नागरिकता लिएकाछन ।
मेल्लेख गाउँपालिका वडा नम्बर ७ का ७२ बर्सिय डम्बर साउदले  लामो समयपछि नागरिकता लिएका हुन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय अछाम पुगेका साउदलाई प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।
रोजगारीको सिलसिलामा लामो समय देखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन्न ।
बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकोमा डम्बर साउदले  खुशी व्यक्त गरे ।
लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरी हरुले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने ढिलै भएपनि नागरिकता पाएको छु अब छोराछोरी लाइ पनि नेपाली नागरिक बन्न पाउने भए ।
अछाम जिल्लाका धेरैजसो नागरिक हरु रोजगारीको सिलसिलामा  भारतका विभिन्न ठाँउमा जाने गरेका र  आवश्यक कागजात समेत नबोकी बृद अवस्थामा नागरिकता बनाउन आउनेको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।
पछिल्लो समय यता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टा मै सेवा प्रदान गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाड समेत कम भई सेवाग्राहीलाई समेत सहज हुन थालेको हो ।
अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक सम्पुर्ण कागजात पुर्याएको खण्डमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको  प्रजिअ पोखरेलले बताए ।
३० मिनेटमै सेवा पाउन थालेपछि  अछामका ग्रामीण भेगबाट आउने  सेवाग्राहि निकै सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *