ब्रह्रमाकुमारी ईस्वरीय विश्वबिधालय अछामको आयोजनामा बिजया दशमीको शुभकामना आदानप्रदान

ब्रह्रमाकुमारी ईस्वरीय विश्वबिधालय अछामको आयोजनामा बिजया दशमीको शुभकामना आदानप्रदान

अछाम : बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । ब्रह्रमाकुमारि ईस्वरीय विश्वबिधालय शाखा मंगलसेन अछामको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अथिति मंगलसेन नगरपालिका नगरप्रमुख नगर प्रमुख पदम बहादुर बोहराले बिजया दशमी तथा सुभदिपावलीको सुभकामना दिदै चाडपर्वका बेला विभिन्न किसिमका घटना घट्ने गरेको भन्दै सबै एकता बद्ध भएर अछाम जिल्लालाइ शान्त र सु व्यवस्थीतका लागी मदिरा जुवातास जबस्ता कुराहरुलाई निस्तति गरेर अघाडी बढ्नुपर्ने बताउनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रमका बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले तडक भडक नगरेर शान्त तरिकाले चार्डपर्व मनाउन जिल्ला बासीमा आग्रह गर्नु भएको छ । विकृती, बिसंगतीलाई त्यागेर सत्कर्मतिर अघि बढ्ने प्रेणा मिलोस भन्ने दशैतिहारको सुभकामना पनि व्यक्त गर्नु भएको छ ।

ब्रह्रमाकुमारि कबिताले पुरानो रितिरिवाज परम्परा अनुसार बलिदिने चलन रहेको भन्दै यस्ता पर्वहरुमा बलिदिने नभएर भगवान र देबीको नाममा मानिसमा भएका खराब कुराहरुको बलि चडाएर मनाउनुपर्ने बताउनुभयो । नवदुर्गा माताले सबैको मनमा भएको बिकार, बिसंगती, कुबिचार नास गरी मनमा भएका अन्धकार मेटिएर सबैको मनमा ज्ञानको ज्योति  बलेर अरु आत्माहरुलाई जलाउने शक्क्ती मिलोस भन्ने दशैतिहारको सुभकामना व्यक्त गर्नुभयो ।

सुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शन्तोष पाठक, मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, अछाम बहुमुखी क्याम्पस क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, सोडषा माविका प्रधानाध्यापक मदन कुवँर , विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि,विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी व्यापारी, पत्रकार लगायतले बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गरेका थिए । ब्रह्रमाकुमारि ईस्वरीय विश्वबिधालयका ब्रह्रमाकुमारि कबिताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक नर बहादुर रावलले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *