ढकारीको त्रिपुरासुन्दरी मा.विले विद्यालय सहयोग कार्यक्रम संचालन गर्ने

ढकारीको त्रिपुरासुन्दरी मा.विले विद्यालय सहयोग कार्यक्रम संचालन गर्ने

मंगलसेन – अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ स्थित त्रिपुरासुन्दरी माध्यामिक विद्यालयले विद्यालय सहयोग कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

सरकारी विद्यालयसंग समुदाय र अभिभावक टाढा भएको र शैक्षिक गुणस्तरमा समेत प्रश्न चिह्न उब्जिएको बेला केही रचनात्मक काम गरेर विश्वास बढाउने अभिप्रायले कार्यक्रम सुरु गरेको विध्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जानकारी दिनु भयो ।

विध्यालयमा छुट्टै हेल्प डेक्सको स्थापना गरि गुनासो, सुझाव, सल्लाह र सहयोग लिनुका साथै  विध्यार्थी, अभिभावक र शिक्षकबिच सम्बादको रुपमा यो कार्यक्रम अगाडि बढ्ने उहाँको भनाई छ । अध्यक्ष देवकोटाले विध्यालयमा आफ्नै पहलबाट एक “देवकोटा अक्षयकोष“ स्थापना गरेको र सो कोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेकोले मनकारी सम्पुर्ण व्यक्तित्वहरुले कोषमा सहयोग गरिदिन समेत अपिल गर्नु भएको छ ।

कार्यक्रमबाट “.देवकोटा अक्षयकोष“को वृद्धि विकास गरि गरिब तथा विपन्न विध्यार्थिलाई उच्च शिक्षा अध्यनमा छात्रवृत्ति प्रदान गर्ने, जेहन्दारलाई पुरस्कार वितरण र अतिरिक्त क्रियाकलाप संचालन गर्ने, लामो समय देखि अध्यापन गराई पारिश्रमिक नपाएका शिक्षकहरुको पारिश्रमिक भुक्तानी गरि बिध्यालयलाई ऋण मुक्त बनाउने लगायतका उद्देश्य छन् ।

यस्तै महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म उत्सवमा एक दिवसिय साहित्य उत्सव मनाउने, शैक्षिक गुणस्तर वृद्धिका लागि रचनात्मक कार्य गर्ने, पढ्दै कमाउदै कार्यक्रमको सुरुवातसंगै प्रविधिमैत्री विध्यालय बनाउनमा जोड दिने कार्यक्रमको मुख्य लक्ष्य रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *