मंगलसेन बसपार्कमा प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना

मंगलसेन बसपार्कमा प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना

अछाम : जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । समुदाय प्रहरी  साझेदारी कार्यक्रम अन्तर्गत  अछाम प्रहरीले दशैं तिहारलाई मध्यनजर गर्दै यात्रुहरुको सहज एवं सुरक्षीत यात्राका लागि सहायता कक्षको स्थापना गरिएको हो ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख, प्रहरी निरिक्षक राजेन्द्र साउदले एक कार्यक्रमका विच यात्रु सहायता कक्षको उदघाटन गर्नुभयो । यात्रु सहायता कक्षको स्थापना गर्दै साउदले दशैं तिहारमा हुने विभिन्न अवान्छित क्रियाकलापहरु हुन नदिन, यात्रुहरु ठगिनबाट जोगिन र यात्रु तथा यातायात संचालकहरुलाई कुनै समस्या पर्दा सहजताका लागि सहायता कक्ष स्थापना गरिएको बताउँनुभयो । चाडपर्वका समयमा यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाउँनुपर्छ भन्ने मान्यता अनुसार यात्रु सहजिकरणका लागि यात्रु सहायता कक्ष मार्फत सेवा प्रदान हुने उहाँको भनाई छ । यात्रुहरुलाई कहिँ कतै असुविधा र समस्या भएमा १०० नम्वर र नजिकको प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा समेत सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो ।

सहायता कक्ष स्थापना कार्यक्रममा स्थानीयको तर्फबाट शिक्षक कर्ण बहादुर धामी र यातायात व्यवसायी समितिको तर्फबाट राजेश बाबु बोगटीले मन्तव्य राख्नुभएको थियो । सहभागीहरुले यात्रु सहायता कक्ष स्थापना गरि यात्रुहरुलाई सहजताको पहल गरेको तथा स्थानीय शान्ती सुरक्षामा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा प्रहरी चौकी मंगलसेनका ईञ्चार्ज जगत बोहरा ,अस्थायी ट्राफिक प्रहरी पोस्ट मंगलसेनका इन्चार्ज शेरबहादुर चन्द, प्रहरीहरु, यातायात व्यवसायी समितिका प्रतिनिधि, सवारी धनिहरु, स्थानीय व्यापारी बुद्धिजीवि र सरोकारवालाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *