रामारोशन गाउँपालिकाको बजेट पास , नयाँ बजेट गाउँपालिकाबासीको हितमा छ : अध्यक्ष साउद

रामारोशन गाउँपालिकाको बजेट पास , नयाँ बजेट गाउँपालिकाबासीको हितमा छ : अध्यक्ष साउद

अछाम : अछामको रामारोशन गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का  लागि रामारोशन गाउँपालिकाको गाउँ सभाको १३औं  अधिबेशन बाट बिनियोजित गर्न मिल्ने कुल रकम रु.२२ करोड ,२७ लाख ,९६ हजार ,६ सय ४८ रुपैयाँ ९८ पैसाको बजेट सिलिङ  ल्याएको छ ।

मंगलबार बसेको गाउँ सभालेको बजेटले वडा नम्बर  १,२,४,५र ६ को वडा कार्यलय निर्माण गर्नलाई बजेट बिनियोजन गरेको हो। यस्तै वडा नम्बर ७ मा आवश्यक स्वास्थ्य चौकी निर्माण र रामारोशन गाउँपालिकाको प्रशासकिय भवनका लागि रु ५० लाख बिनियोजन गरेको छ। वडा कार्यालयले संचालन गर्ने गरि वडा नम्बर ५ मा १७ लाख र अन्य ६ वडामा  प्रत्येक वडा १५ लाखका दरले रकम बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

विविध कारणले बजेट ल्याउन गाउँपालिकाले ढिला सुस्ती गरेपनि नयाँ ल्याएको बजेट रामारोशन गाउँपालिका बासिको हितमा रहेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । बजेटले सम्पूर्ण बिषयगत शाखा, लक्षित वर्ग , समुदाय युवा ,खेलकुद,विपद, भैपरि आउने समस्या लगायतका विषयलाई समेटेको अध्यक्ष साउदले बताउनुभयो । गाउँपालिकाले ढिलै ल्याएपनि लोकप्रिय बजेट ल्याएको भन्दै सामाजिक संजालहरुमा गाउँपालिकाको प्रसंसा समेत गरिएको छ ।

स्थानीय तहले पछिल्लो आर्थिक बर्षका लागि असाढ मसान्तसम्म बजेट ल्याईसक्नु पर्ने कानुनी ब्यावस्था छ ।

तर अछामको कमलबजार नगरपालिका ,तुर्माखाद  गाउँपालिकामा आन्तरिक विवादका कारण अझै बजेट पारित हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *