अछाममा भव्य रूपमा मनाइयो संविधान दिवस

अछाममा भव्य रूपमा मनाइयो संविधान दिवस

सुशील भण्डारी ,अछाम : अछाम जिल्लामा पनि संविधान दिवस २०८० भव्य रूपमा मनाइएको छ । अछाम दरबार बाट प्रभातफेरि सुरु गरेर क्याम्पस हलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता डाक्टर भिम रावलले नेपालको संविधान जारी भएपश्चात् जनता र मुलुकमा  उत्साह ,उमंग हुनुपर्ने अवस्थामा निराशाजनक परिस्थिति सिर्जना भएको बताउनुभयो ।

बोल्दै नेता रावलले संविधान निर्माणका बखत जनताले दिएका सुझाव हरु संविधानका पानामा उल्लेख भएका तर  संविधान प्रभावकारी रूपमा कार्यन्वयन नभएको बताउनुभयो ।

संविधान निर्माणका कठिन आठ वर्ष निकै चुनौतीपूर्ण रहेको स्मरण गर्दै उहाँले संविधानका शब्द आफै नबोल्ने,संविधानका धारा हरु आफै गतिशील नहुने भएकोले संविधानलाई गति दिने काम राज्य सञ्चालनगर्ने हरुमा निर्भर रहने बताउनुभयो ।

नेपालको संविधान निर्माणमा राज्यको ठुलो आर्थिक लगानी भएको बताउदै उहाँले राज्य संचालन गर्ने ब्याक्तीहरुले संविधानलाई अक्षरस कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले संविधानको बिरोध गर्ने हरु नै  संविधानको माध्यम द्वारा  राज्यको उच्च पदमा बसेकाले संविधानको बिरोध गर्न नसुहाउने समेत  बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट संविधान सभा सदस्य भैरे कामिले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

संविधान दिवस एउटा पार्टी, जाति विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको उनले बताउनुभयो ।जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल ,नेपाली काङ्ग्रेसका पार्टी सचीव टक्कर शाह,नेकपा एमालेका अध्यक्ष चन्द्र बोहरा ,नेकपा माओवादी केन्द्रका नेता सरस्वती रावल ,एकीकृत समाजवादी पार्टीका बम रावल,नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला समन्वय समिती अछामका सदस्य द्वारिका उपाध्यायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन झपटराज ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्तिथि रहेकोे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *