ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छः कानुनमन्त्री गुरूङ

ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छः कानुनमन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

उनले विकृति, विसंगति, बेथितिले नेताहरूको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।

उनले देश रूपान्तरणका लागि पहिला आफैं रूपान्तरण हुन जरूरी रहेको बताए।

उनले भने, ‘यिनै विकृति, विसंगति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रीय समितिमा ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ। नेपालीलाई पनि भुटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो। हामी मुलुकको रूपान्तरण खोज्छौं भने हामीले सबभन्दा पहिला आफैं रूपान्तरण हुन आवश्यक छ। भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ। जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौं, तबसम्म भइरहन्छ।’

मन्त्री गुरूङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *