भिमदत्त उत्कृष्ट कृषक पुरस्कार बाट अछामका ३ जना कृषक पुरस्कृत

भिमदत्त उत्कृष्ट कृषक पुरस्कार बाट अछामका ३ जना कृषक पुरस्कृत

सुशील भण्डारी ,अछाम । भिमदत्त उत्कृष्ट कृषक पुरस्कार बितरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा भएको कार्यक्रममा अछामका ३ जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा सोमबार  पुरस्कृत भएका छन् ।

सोमबार  सुदूरपश्चिमका चर्चित क्रान्तिकारी कृषक नेता शहीद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरस्कार पाउनेमा  किबि खेती बाट सृष्टि कृषि फार्म
रामारोशन गाउपालिका  १ का संचालक नरबहादुर साउद, बाख्रापालन तर्फ पुष्पपान्जली पशुपन्छी फार्म
ढकारी गाउँपालिका ५ का संचालक खड्क साउद र  भेडापालन तर्फ रामारोशन ५ का लोकबहादुर शाही  रहेकाछन ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालयबाट छनाेट भएका उत्कृष्ट कृषकलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो ।

उत्कृष्ट कृषकहरुलाई जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले  पुरस्कृत गरेका थिए। पुरस्कार बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले कृषि प्रधान देशमा कृषक हरुको सम्मान नभएको अवस्थामा यस्ता कार्यक्रम हरुले कृषक हरुलाइ कृषि पेशामा आकर्षक गर्न सहयोग हुने बताउनुभयो  । साथै उनले यस्ता खालका कार्यक्रम हरु स्थानीय सरकारले पनि ल्याउनु पर्ने समेत बताउनुभयो  ।

कृषि तथा पशुपंक्षिको दुइटा क्षेत्रबाट प्रदेशका ९ जिल्लामा प्रत्येक जिल्लाबाट ३ जनाको दरले उत्कृष्ट र एक जना सर्वाेत्कृष्ट कृषक छनाेट हुने गरेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताउनुभयो । २२ वटा विधामा प्रतिस्पर्धा गराइ छनौट भएका उत्कृष्ट कृषक हरुलाइ प्रत्येक वर्ष एक जिल्लामा ३ जना गरि सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका २७ जना उत्कृष्ट कृषक हरुलाइ पुरस्कार दिने गरिएको समेत जोशीले बताउनुभयो । यो पुरस्कार कसैको दया र मायाले दिने नभइ कृषक हरुले गरेका कर्मको मुल्यांकन गरि उनिहरुको सम्मान स्वरुप प्रदान गर्ने गरिएको बताउनुभयो । पुरस्कृत भएपछि उत्कृष्ट कृषकहरुले आफूहरुलाई थप हौसला र जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नामसिंह धामी,५ का झंकर भाट,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख झनक दत्त ढुंगाना,कृषि ज्ञानकेन्द्रका अछामका प्रमुख छपेन्द्र शर्मा ,पत्रकार सुशील भण्डारी ,कृषि ज्ञानकेन्द्रका कृषि प्राविधिक प्रमोद चौधरी ,मंगलसेन नगरपालिका कृषि शाखा प्रमुख सुस्मा ढुंगाना लगायत अगुवा कृषक हरुको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *