“घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम”

“घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम”

जिल्ला प्रहरी कार्यालय अछामद्वारा समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत सुरुवात गरिएको नवप्रवर्तनीय कार्यक्रम

पृष्ठभूमी(Background):

छाम जिल्ला  अपराध समस्या, सुरक्षा चासो, आवश्यकता र विकास संभावनाको दृष्टिकोणबाट नेपालको महत्वपूर्ण र संवेदनशील जिल्ला हो । जिल्लाभित्रको शान्तिसुरक्षाको अबस्था तथा अपराध समस्या र चुनौतिहरुको पहिचान एवम् बस्तुगत विश्लेषण गरी शान्ति सुरक्षालाई सुनिश्चित गर्न र अपराध रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालयदेखी अस्थायी प्रहरी चौकीसम्मका ३२ प्रहरी ईकाइहरुमार्फत करिव ४०० प्रहरी जनशक्ति जिल्ला प्रहरी कार्यालय अन्तर्गत परिचालित छन् ।

बिद्यमान सन्दर्भमा अछाम जिल्लामा मुख्यतया दुई किसिमका अपराध समस्याहरुको प्रधानता रहेको देखिन्छ ।

१. मदिरा दुर्व्यसनी, गरिबी, अशिक्षा तथा वेरोजगारीकाको परिणामस्वरुप हुने घरेलु हिंसा, आत्महत्या, बालबिवाह, बहुबिवाह लगायत महिला तथा वालबालिका विरुद्ध हुने अपराध समस्याहरु ।

२. लागूऔषध दुर्व्यसनी तथा यसवाट सिर्जित अपराध समस्याहरु

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय अछामद्वारा महिला तथा वालवालिका विरुद्धहुने घरेलु हिंसा लगायत जुनसुकै अपराधमा पिडितलाई छिटो छरितो तथा पिडितमैत्री वातावरणमा  न्यायको पहुंचसम्म ल्याई न्यायको अनुभुति दिलाउन  महिला, वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमार्फत सरोकार सवै निकायहरुसंग समन्वय र सहकार्य गर्दै २४ सै घण्टा सेवा प्रवाह गर्दै आईरहेको छ । यसका लागी एकातिर शन्य शहनशीलत (Zero Tolerance)  साथ घटित घटनाहरुमा कानून बमोजिम कारवाहीको दायरामा ल्याउन  र अर्कोतिर यस्ता अपराध समस्याहरुको रोकथामका लागी समुदाय प्रहरी साझेदारी मार्फत विद्यालय तथा समुदायस्तरमा सचेतनामुलक अभियानमा कटिबद्ध छ । यद्यपि, यहांको सामाजिक संरचनागत अबस्था, अशिक्षा, तथा आर्थिक विपन्नताका कारण पिडितलाई कानुनी उपचारको बाटोमा ल्याउने तथा उनीहरुलाई छिटो छरितो तथा सरल तरिकाबाट न्यायमा पहुंच विस्तार गर्न चुनौतिको विषय पनि हो ।

घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम

(Doorstep Program with the Victim of Domestic Violence) :

तथ्यांकका अनुसार नेपालमा घटित भई प्रहरी समक्ष आउने कुल अपराधको ४०(चालिस) प्रतिशत हिस्सा लैंगिक हिंसाले आगटेको छ भने लैंगिक हिंसामा पनि करिव ७७(सतहत्तर) प्रतिशत घरेलु हिंसा (Domestic violence) का घटनाहरु हुने गर्दछन् । अछाम जिल्लाको अबस्था यो भन्दापनि संवेदनशील एवम् चिन्ताजनक छ किनभने धेरैजसो घटनाहरुमा पडितलाई कानूनी उपचारको लागी सुसुचित गर्ने र उपचारको बाटोमा हिडाउने चुनौति पनि यहां बिद्यमान छ ।

घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ ले घरेलु हिंसा परेका पिडितलाई न्यायको पहुंच सम्म ल्याई कानूनी उपचार दिलाउन एथेष्ट कानूनी एवम् संरचनागत

(Legal and Structural) ब्यवस्थाहरु गरेको छ । अछाम जिल्लाको घरेलु हिंसाको विद्यमान अवस्थालाई विश्लेषण गर्दा पिडितले बिभिन्न दवाब प्रभावमा परी उजुरू दिन नमान्ने तथा हिंसाले उग्ररुप लिईसकेपछि मात्र उजुरी दिन सम्बन्धित कार्यालयमा आउने र एक पटक मात्र छलफल गर्दा

गराउँदा समेत आपसी सहमती गर्ने तर्फ नगई  सोझै सम्बन्ध बिच्छेदको बाटो रोज्ने र जसको असर समग्र परिवार, समाज तथा निजहरुको संरक्षणमा रहेका बालबालिकाहरु माथि परिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय, महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र अछाममा आ.व. २०७९।८० चैत्रसम्ममा दर्ता भएका घरेलु हिंसा सम्बन्धी  उजुरीहरुलाई विश्लेषणात्मकरुपमा हेर्दा जम्मा ३७  वटा उजुरी दर्ता भएकोमा ३२ वटा मदिरा दुर्व्यसनीका कारण श्रीमानबाट श्रीमती विरुद्ध भएका हिंसा छन् भने प्राप्त उजुरी मध्ये २५ वटामा पिडक र पिडित पक्षबीच कानूनबमोजिम मेलमिलाप भएको देखिन्छ । त्यसैगरी ९ वटा कानून बमोजिमको कारबाहीको लागी अन्य निकायमा पठाईएका छन् भने  पिडितको जाहेरी बमोजिम २ वटामा अभद्र ब्यवहार र १ वटामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कानूनी कारबाहीको दायरामा ल्याईएको छ । उल्लेखित तथ्यांकलाई स्थानीय तहगतरुपमा हेर्दा मंगलसेन सदरमुकाम केन्द्रित उजुरीहरुको प्रधानता रहेको देखिन्छ ।

यसरी समग्रमा हेर्दा सर्वप्रथमत अझैपनि ग्रामीन तथा दुरदराजका स्थानबाट आर्थिक बिपन्नता, भौगोलिक विकटता, अशिक्षा तथा सामाजिक मान्यताका कारण घरेलु हिंसाका घटनाहरुका सम्बन्धमा पिडितलाई सुसुचित गराई कानुनी उपचारको बाटोमा ल्याउन सकिएको छैन भने मुख्यरुपमा प्रहरी समक्ष आउने घरेलु हिंसाका अधिकांस उजुरीहरु मदिरा दुर्व्यसनीका कारण श्रीमानवाट श्रीमतीलाई हुने हिंसा तथा अपहेलनासंग सम्बन्धित रहेका छन्  र त्यस्ता घटनाहरुमा  कानुनी उपचार स्वरुप मेलमिलापको वातावरण निर्माण भएको देखिन्छ ।

यसै परिप्रेक्ष्यमा जिल्ला प्रहरी कार्यालय अछामद्वारा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवप्रवर्तनीय अभियान स्वरुप “घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम

(Doorstep Program with the Victim of Domestic Violence)

 सरुवात गरिएको हो । प्रहरी समक्ष आएका घरेलु हिंसाका उजुरीहरुमा भएका न्यायिक कारबाही तथा उपचार पश्चात भएको परिवर्तन तथा सुधारको Follow Up  Record राख्ने, घरेलु हिंसा पिडितलाई सरल र सुलभरुपमा घरदैलोमा नै न्यायको अनुभुति दिलाउने, घरेलु हिंसा न्युनीकरण तथा रोकथामका लागी घर परिवार तथा समुदायमा सचेतना अभिबृदी गराउने र अन्तत समुदाय प्रहरी साझेदारी र सम्बन्धलाई समुधुर  बनाउने उद्देश्यकासाथ यो कार्यक्रम संचालन गर्न लागिएको हो ।

यस कार्यक्रम अन्तर्गत आ.ब. २०७९।८० चैत्रसम्म प्रहरी समक्ष आएका घरेलु हिंसाका उजुरीहरुमा भएका न्यायिक कारबाही तथा उपचार पश्चात भएको परिवर्तन तथा सुधारको Follow Up गरिने छ । यसक्रममा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय “क” श्रेणीबाट पिडितको गोपनियताको अधिकारको सम्मान र सुनुश्चिता गरी पिडितको घरदैलोसम्म पुगी पिडितको अबस्था बुझ्ने, पिरमर्का सुन्ने तथा उनीहरुलाई यस सम्बन्धमा थप सुसुचित गराउदै  छिटो घरितो तथा सुलभ न्यायको अनुभुति दिलाउने प्रयास गरिनेछ । यसका लागी आम सरोकारवाला व्यक्ति, संस्था तथा निकायहरुलाई सहकार्य तथा हातेमालो गर्दै अगाडी बढ्न हार्दिक अपिल गर्दछ ।

नारायण डाँगी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ( प्रहरी नायब उपरीक्षक) हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *