अछाम दरबारको निर्माण कार्य अघि बढाउन प्रतिनिधि सभा सदस्य शाह द्वारा सरकारको ध्यानाकर्षण

अछाम दरबारको निर्माण कार्य अघि बढाउन प्रतिनिधि सभा सदस्य शाह द्वारा सरकारको ध्यानाकर्षण

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय पुष्प बहादुर शाहले अछाम दरबारको निर्माण कार्यलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएकाछन ।

सोमबार संसदमा बोल्दै उहाँले २०५८ सालमा तत्कालीन बिद्रोही पक्ष माओवादीको आक्रमण बाट ध्वस्त बनेको अछाम दरबार हालसम्म पनि निर्माण कार्य अगाडि नबढाएको भन्दै उक्त दरबारको निर्माण कार्य अघि बढाइनु पर्ने माग राखे ।

उक्त आक्रमण बाट अधिकांश सरकारी कार्यालय ध्वस्त भएर निर्माण भइसक्दा पनि अछामी जनताको आस्थाको धरोहर एतिहासिक र पुरातात्त्विक सम्पदा अछाम दरबार निर्माणकार्यमा ढिलासुस्ती हुँदा पनि राज्य मौन बसेको भन्दै तत्काल निर्माण कार्यलाई सुरु गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *