पञ्चदेवल बिनायक नगरपालिकाले १ सय ८२ जना बिरामीको काठमाडौंमा निशुल्क उपचार गराउने

पञ्चदेवल बिनायक नगरपालिकाले १ सय ८२ जना बिरामीको काठमाडौंमा निशुल्क उपचार गराउने

अछाम:अछामको पञ्चदेवल बिनायक नगरपालीकाले १ सय ८२ जना बिरामीलाई नि शुल्क उपचारको लागि देशको संघिय राजधानी काठमाण्डौ पठाउने भएको छ ।

यहि फाल्गुन ७ र ८ गते सञ्चालन गरेको नि शुल्क एकिकृत स्वास्थ्य शिविरमा उपचार सम्भव नभए पछि नगरपालीकाले आफ्नै खर्चमा उनिहरुलाई काठमाण्डौ पठाउने भएको हो । सर्जरी २७,आखाँ ८५,बाल रोग ५,मुटु ४,स्त्रीराृग ७,अर्थोपेडिक २२ नाक ,कान घाटीका ३२ बिरामी रहेका छन ।

आर्थीक अभावका कारण उपचार गर्न नपाई रोग पालेर बसेका नागरिक गाउँमै बिशेषज्ञ सेवा पाएका हुन। नगरपालीकाले काठमाण्डौ मेडिकलको सहकार्यमा बिभीन्न १८ जना बिशषेज्ञ सहितकोे नि शुल्क एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

आफ्नी ६बर्षीय छोरी जन्मदै ओठ फाटेको समस्या भएको बताउदै पञ्चदेवल बिनायक नगरपालीका ३ कि बिष्णा शाहीले आर्थीक अभावमा छोरी उपचार गर्न नसकेको बताईन ।

४ बर्ष पहिले चट्याङ लागेको उपचारको लागि जिल्ला अस्पताल गएको त्यहा उपचार नभएपछि आर्थीक अभावका कारण घरमै थन्कीएकी शिविरमा सेवा लिन आएकी बिनायककी लाली धामीले बताईन ।बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा अधिकांस आर्थीक अभावले उपचार गर्न नसकेका नागरिक सेवाका लिन आएका थिए ।

दुर्गम र आर्थीक अभावका कारण बिरामीहरुले लामो समयसम्म रोग पालेर बसेका पार्ईएको उपचारमा सङ्लग्न काठमाण्डौ मेडिकल कलेजका जनरल मेनेजर डाक्टर नारायण प्रशाद दाहालले बताए ।

शिविरबाट नागकिरले जनरल मेडिसियन,हाडजोर्नी तथा नसा रोग,मानसिक रोग,प्रसुति तथा स्त्री रोग,भिडीयो एक्सरे,रगत ,न्युरो सर्जरी आखा, मृगौला लगायतका १४ प्रकारका सेवा लिएका थिए । यहि फाल्गुन ७ र ८ गते सञ्चालन गरेको नि शुल्क एकिकृत स्वास्थ्य शिविरमाबाट ३ हजार ७ सय ६२ जनाले सेवा लिएका स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला कालीकोट र दैलेखबाट समेत नागरिक आएका पञ्चदेवल बिनायक नगरपालीका नगर प्रमुख अम्बिका चलाउनेले बताईन।

बिकट क्षेत्रका बिशेषज्ञ सहित गुणस्तरिय स्वास्थ्य संस्था सञ्चालन गर्न अप्ठेरो परिरेहेको बेला गाउँमै स्वास्थ्य शिबिर सञ्चालन गरिएको नगर प्रमुख चलाउनेले बताईन।शिविरले आर्थीक अभावका कारण उपचार गर्न नपाएका नागरिकले सेवा पाए भने अर्कोतिर नागरिक आर्थीक अभावकै कारण रोग पाल्नुपर्ने अवस्थामा कमी आउने बिश्वास गरिएको प्रमुख चलाउनेले बताईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *