जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा आफैले स्थापना गरेको “सुशील शैक्षिक अक्षयकाेष” मा आर्थिक सहयोग

जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा आफैले स्थापना गरेको “सुशील शैक्षिक अक्षयकाेष” मा आर्थिक सहयोग

पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षकोषमा आर्थिक सहयोग गरेकाछन । आफ्नो  जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते  २६ हजार ६ सय २६ रुपैयाको  “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक एवं नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेशका महाधिवेशन प्रतिनिधि समेत रहेका भण्डारीले सोमबार  परेको जन्मदिनमा बिद्यालयको अक्षयकोषमा २७  हजार ७ सय रुपैंया सहयोग गरेका हुन् ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील  अक्षयकोष स्थापना
गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ । रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे ।

उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवर रहनुभएको थियो । प्रमुख अतिथि कुवरले पछिल्लो समय समाजमा विभिन्न शुभकार्यमा  फजुलखर्च गर्ने परिपाटी चलीआएकोले त्यसलाइ अन्त्य गर्न यो कार्यबाट गतिलो सन्देश प्रवाह हुने बताउनुभयो ।  शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गर्नु भयो । साथै उहाँले उक्त अक्षयकोषमा आफ्नो तर्फबाट ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सहसचिव दिनेश स्वार,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञ प्रसाद ढुंगाना ,नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी पुष्प बिष्ट विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका काेषाध्यक्ष भवानी भण्डारी ,नेपाल प्रेस  युनियन अछामका सहसचिव दिनेश केसि,मानव अधिकार तथा शान्ति समाज अछामका उपसभापति महेश जैसी,मंगलसेन नगरपालिका वडा नम्बर ६ का सदस्य जन्मराज भण्डारी ,पत्रकार चक्र जैशी,प्रेम नेपालि मालिका आधारभूत बिधालयका सहायक प्रअ भक्तराज ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द सोपको स्वागत मन्तव्य वबाट सुरु भएको संचालन बिधालयका प्रअ टेकराज भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *