उपसभापति गुरुगंको चुनौतीः ठूला–ठूला काण्डहरुको छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गर्नुस्

उपसभापति गुरुगंको चुनौतीः ठूला–ठूला काण्डहरुको छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गर्नुस्

१७ पौस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले सरकारले ठूला ठूला भ्रष्टाचारको अन्त्य गनुपर्ने बताएका छन् ।
उनले एक कार्यक्रममा बोल्दै शुसाशनको अन्त्य गर्न ठूला ठूला भ्रष्टाचारकमा काण्डहरुको छानबिन गरेर भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने माग रहेको बताए ।
उनले आफ्नो चुनाबी एजेण्डा नै भ्रष्ट प्रबृतिको अन्त्य गरी शुसासन कायम गर्नु रहेको बताउँदै शुसासन स्थापना गर्नुपर्ने भएकोले देश सुधार्न सरकारलाई घच्घच्याउन आफू हिजो र आज उस्तै तरीकाले लागिरहने बताएका छन्।
भ्रष्टाचार बिरोधी अभियान्ताका रुपमा बोल्दै आएका नेता गुरुगंले यो सरकारलाई पनि आफुले देश सुधार्ने कार्यका लागि भ्रष्टाचारको अन्त्य गर्न ठूला ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गरी भ्रष्टहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनको सल्लाह प्रधानमन्त्री पुष्पकमल दहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेतर्फ चुनौतीको रुपमा तेर्सिएको छ । भ्रष्टाचार छानबिन र भ्रष्टाचारीलाई कडा कारबाही गर्नु मूल एजेण्डा बन्छ कि बन्दैन त्यो भने हेर्न बाँकी नै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *