सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् शपथ

सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् शपथ

कैलाली । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्यहरूलाई मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका छन् । शपथग्रहणको मिति भने तय भइसकेको छैन ।

प्रदेश प्रमुख देवराज जोशीले आजबाट यस विषयमा छलफल चलाउने छन् ।

केही दिन भित्रै प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा अछाम क्षेत्र नम्बर २ प्रदेश (ख) बाट नेपाली काङ्ग्रेस बाट निर्वाचित रावललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने र त्यसपछि रावलले अन्य सदस्यलाई शपथग्रहण गराउने तयारी भइसकेको छ ।

निर्वाचन अयोगले शनिवार प्रदेश प्रमुख जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदन अनुसार नै रावलले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने पक्का भइसकेको हो ।

प्रदेश सभाका काङ्ग्रेसबाट निर्वाचित रावल ६८ वर्षका हुन् । यस अघि पनि काङ्ग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *