कांग्रेस अछामद्धारा स्वर्गीय नेता रावलको निधनप्रति दुख व्यक्त

कांग्रेस अछामद्धारा स्वर्गीय नेता रावलको निधनप्रति दुख व्यक्त

अछाम : नेपाली कांग्रेस अछामले स्वर्गीय नेता प्रेम सिंह रावलको निधनप्रति दुख व्यक्त गरेको छ । आइतबार एक  शोक वक्तव्य  जारी गरी कांग्रेस अछामले रावलको निधनले एक नक्षत्र एवं अभिभावक गुमाएको जानएको छ । एक ईमानदार सिपाही सच्चा आर्दशवान गुमाएको वक्तव्यमा उल्लेख गरीएको छ । उहाले पद र स्वार्थमा कहिलै नलागी राष्ट र राष्टयता एवं प्रजातन्त्रलाई सधै सिरमाथी राखेको वक्तव्यमा भनीएको छ । स्वर्गीय नेता रावलले काङ्ग्रेस  अछामलाई लामो समय सम्म प्रवास भारतमा रहेर वा स्वदेशमा रहेर प्रहरीका वरीपरी काँडे जंजिर भित्र रहेर भएपनि पार्टीलाई गर्न सक्ने हरेक खाल्का सेवा, सहयोग त्याग, तपस्या र लगानको काँग्रेश अछाम सधै रिणी रहने भन्दै उहाँ प्रती सधै उच्च मुल्यांकन गरीरहने काँग्रेशले जनाएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलिगाउँका स्वागीय रावलको यही मंसिंर ५ गते भएको असामहिक निधनले काङ्ग्रेस  अछाम स्तब्ध भएको नेपाली काङ्ग्रेस जिल्ल्ला कार्यसमिति  अछामका सचिब टक्कर बहादुर शाहद्धारा जारी व्क्तव्यमा भनिएको छ । उहाँको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै समवेदना प्रकट गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *