लोकतान्त्रिक बाम गठबन्धनको बिजय सभा बिनायकमा सम्पन्न

लोकतान्त्रिक बाम गठबन्धनको बिजय सभा बिनायकमा सम्पन्न

अछाम ,१३ मंसिर: लोकतान्त्रिक बाम गठबन्धनको बिजय सभा बिनायकमा सम्पन्न भएको छ ।
बिजयी सभाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सहमहामन्त्री अम्बिका चलाउने रहनु भएको थियोे । प्रमुख अतिथिको आसन बाट बोल्दै सहमहामन्त्री चलाउनेले केपी वलि प्रवृत्तिका विरुद्ध बनेको यो लोकतान्त्रिक बाम गठबन्धन लामो समय सम्म चल्ने बताउनुभयो । नेकपा एमालेले मत बटुल्नका लागी चुनावताका बेला जनताका माझ विभिन्न भ्रम सिर्जना गरेर पनि जनता जनार्दनले उक्त भ्रमलाई चिरेर छोड्नु भएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै
अछाम क्षेत्र नम्बर २ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले जनताको अभिमतको कदर गर्दै जनताका हरेक समस्या हरुलाइ समाधान गर्नका लागी अग्रसर हुने बताउनुभयो । संविधानको रक्षा स्थिरता र विकासका लागी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउने सम्पुर्ण मतदाता हरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
संघियता समतामूलक विकासका लागि गठबन्धन बनेकोले सामाजिक न्यायको मुद्दामा अहिलेको लोकतान्त्रिक बाम गठबन्धन जहिले पनि अग्रपंक्तिमा हुने बताउनुभयो ।
विकासका हरेक गतिविधिमा गठवन्धनको सामुहिक एजेन्डा बन्ने पनि बनाउनुभयो । जनताका आवश्यक कुराहरू पूरा गर्ने सन्दर्भमा कुनै पनि पुर्वाग्रह नराखी समान व्यवहारले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मानबहादुर रावल ,अक्कल रावल विशिष्ट अतिथि रहनु भएको थियो । राधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ताको उपस्थित रहेकोे नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *