गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो : नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शाह

गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो : नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शाह

११ मंसिर अछाम: कालिकेश्वरी माध्यमिक बिधानलय तुर्माखादको आयोजनामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य हरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बिब्यस अध्यक्ष प्रेम बहादुर बयकको अध्यक्षतामा

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले
गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भएको छ। राज्यले शैक्षिक शिक्षामा ठुलो लगानी गरेर पनि शिक्षा क्षेत्रमा फड्को मार्न नसकेको बताउनुभयो ।
शैक्षिक गुणस्तर वृद्धि विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकोले शिक्षक ,बिद्यार्थी र अभिभावक बिचको सम्बन्ध प्रगाढ बनेपछी मात्रै शिक्षा क्षेत्रमा परिवर्तन आउने बताउनुभयो ।

त्यस्तै उहाँले सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षा प्रणाली अहिलेको आवश्यकता भएकोले यसमा आफ्नोतर्फबाट हुने सहयोगमा कुनै कमि नहुने बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले आगामी दिनमा प्राविधिक शिक्षालाई समेत बिशेष जोड दिई दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसि ,निवर्तमान अध्यक्ष पुष्पराज शर्मा ,नेपाली काङ्ग्रेस महासमिति सदस्य पदमराज अधिकारी ,नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य जोरा सिंह बिष्ट ,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि बेलु देबि साउद,बसन्ती बिष्ट ,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,वडा नम्बर ४ का अध्यक पदम बहादुर बिसि ,काङ्ग्रेस नेता राजेश बोगटी ,राम प्रसाद भाट लगायतको उपस्तिथि रहेको थियो ।
बिधालयका प्रधानाध्यापक मनिराम भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक परमभक्त भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *