अछाम – २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शाह जितको नजिक

अछाम – २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शाह जितको नजिक

अछाम , मंसिर ७:  अछाम क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका सभापति पुष्प बहादुर शाहको अग्रता निकै बढे संगै शाह जितको नजिक पुग्नुभएको छ ।

उहाँ एमालेका उम्मेदवार यज्ञ बोगटी भन्दा ५ हजार ६ सय ७३ मत अन्तरले अगाडी हुनुहुन्छ ।
काङ्ग्रेसका शाहको १९ हजार १ सय २९ मत रहेको छ भने एमालेका बोगटीको १३ हजार ४ सय ५६ मत रहेकोे छ ।
अछाम २ मा ७९ हजार ६ सय २१ मतदाता सङ्ख्या मध्य ४१ हजार ८ सय ८१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *