एमाले अछामलाई ठुलो धक्का ३ दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश

एमाले अछामलाई ठुलो धक्का ३ दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश

अछाम ,कात्तिक २९: नेकपा एमाले परित्याग गरि ३ दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेकाछन। मंगलसेन नगरपालिका वडा नम्बर १३ मा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा
एमालेका नेताकार्यकर्ता काङ्ग्रेस भएका हुन् ।
काङ्ग्रेस प्रवेश गर्ने नेकपा एमालेका नेता सिंह नेपाली ,सेते नेपाली लगायत ३ दर्जन नेताकार्यकर्ता लाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य पदमराज अधिकारीले टीका ग्रहण सहित पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गराउदै अधिकारीले नवप्रवेसि हरुलाइ अन्य कार्यकर्ता सरह समान व्यवहार गर्ने र उनी हरुलाइ पार्टीको उचित जिम्मेवारी दिने बताउनुभयो । त्यस्तै उहाँले केपी ओलीले संबिद्यान र लोकतन्त्र माथि नै खतरा हुने गरी पटक पटक संसद बिघटन गरी देशको बिरुद्ध गएका कारण यसपटक बाम लोकतान्त्रिक गठबन्धन बनेको भन्दै उहाँले देशको रक्षा र लोकतन्त्र बचाउनका साथै देशमा आमुल परिर्वतन र विकासका लागि गठबन्धनको ऐतिहासिक महत्व रहेको बताउनुभयो । अहिलेको आवश्यकता गठबन्धन भएकोले सबै मिलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउनु पर्ने बताउनुभयो ।
आफुहरुको भविस्य नेपाली काङ्ग्रेसमा देखेकोले नेपाली काङ्ग्रेस प्रवेश भएको बताए । नेकपा एमाले अवसरवादि हरुको मात्रै पार्टी भएको पनि बताए । एमालेमा हरेक अवसर हरु आफ्ना आसेपासे हरुले मात्रै पाउने गरेको उनिहरुले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका महाधिवेशन प्रतिनिधि नमबहादुर शाही,काङ्ग्रेस नेता बिनोद थापा ,जिल्ला कार्यसमिति सदस्य टंक थापा रहनुभएको थियो । प्रेम थापाको सभापतित्वमा भएको कार्यक्रममा गौरव नेपालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन हरिश दमाइले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *