मोरङ ६ मा शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको पनि समर्थन

मोरङ ६ मा शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको पनि समर्थन

नेपाली कांग्रेसका नेतासमेत रहेका मोरङ क्षेत्र नम्बर ६ का सत्ता गठबन्धनका साझा उम्मेदवार शेखर कोइरालाको समर्थनमा बहुजन शक्ति पार्टीले उम्मेदवारी निस्कृय बनाएको छ।

बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवान यो क्षेत्रमा उम्मेदवार थिए। उनले आज विज्ञप्ति जारी गर्दै शेखरलाई समर्थन गरेको उल्लेख गरेका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,’ पासवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आफ्नो पार्टी आजैदेखि कोइरालाको चुनावी अभियानमा जुट्नेसमेत उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *