सत्ता गठबन्धन अछामको घर दैलो कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा सम्पन्न

सत्ता गठबन्धन अछामको घर दैलो कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा सम्पन्न

कात्तिक ५ अछाम : सत्ता गठबन्धन अछामको घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा सम्पन्न भएको छ ।

कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार नेपाली काङ्ग्रेसका धनबहादुर बुढा ,एकीकृत समाजवादीको तर्फबाट केशरी रेग्मी र नेकपा माओवादीको तर्फबाट मोतिकला चलाउनेको उपस्तिथि रहेकोे थियो ।
घर दैलो अभियानमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले दुई तिहाइको सरकार चलाउन नसक्ने एमाले पुनः जनताको माझ भोट माग्न आउनु लज्जास्पद भएको बताए । जनताले ठुलो अपेक्षाका साथ २०७४ सालमा एमाले लाई बहुमतका साथ जनताले सरकारमा पुर्याएर ठुलो गल्ती गरेको बताए । केपी वलिले जनताले दिएको मत लाइन अवमूल्यन गरेको समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवरले

टिकट पाउने दौरानमा आफू पनि रहेको र अहिले आफुले टिकट नपाए पनि पार्टी र गठबन्धन लाई जिताउने जिम्मेवारी आफ्नो काधमा आएकोले कुनै पनि अलमलमा परी अभियानमा सक्रिय रूपमा लागेर गठबन्धनका सम्पुर्ण उम्मेदवार लाई जिताउन लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेता शेरबहादुर बुढाले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन भएको बताउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार मानबहादुर रावलले व्याक्तिगत स्वार्थका लागि गठबन्धन नभइ राष्ट्र र राष्ट्रियताकाे लागी भएको बताउनुभयो ।
प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेकोले संवेदनशील बनेर चुनावमा गठबन्धनका उम्मेदवार बिजयी गराउन केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा काङ्ग्रेस अछामका सहसचिव दिनेश कुमार स्वार,गोबिन्द बिष्ट ,एकीकृत समाजवादीका नेता ,नवराज साउद ,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट , लगायतको उपस्तिथि रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *