एकै नगरमा प्रतिनिधि र प्रदेशसभा सदस्य उम्मेदवार

एकै नगरमा प्रतिनिधि र प्रदेशसभा सदस्य उम्मेदवार

अछाम ,२३ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि दलहरूले उम्मेद्धारहरुको टुंगो लगाएका छन् ।

सत्ता गठबन्धन  र नेकपा एमालेले अछाम प्रतिनिधी सभा तथा प्रदेश सभाका लागी उम्मेदवारहरु सदरमुकाम समेत रहेको मंगलसेन भित्रका उम्मेदवार छनौट गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागी सत्तागठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबाट कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह र नेकपा एमालेको तर्फबाट पार्टीका केन्द्रीय सदस्य एवं निवर्तमान साँसद यज्ञ बोगटी उम्मेद्धार भएका हुन् । बोगटी मंगलसेन नगरपालिका वडा नम्बर ३ निवासी हुन् भने शाह वडा नम्बर ५ का हुन् । २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यज्ञ बोगटी बाम गठबन्धन बाट  र पुष्प बहादुर शाह नेपाली काङ्ग्रेसको तर्फबाट चुनाव लडेका थिए । बाम गठबन्धनका उम्मेदवार बोगटी संग शाह झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा पनि मंगलसेन वरिपरिकै उम्मेद्धार तय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता मान बहादुर रावल र एमालेको तर्फबाट शिब प्रसाद उपाध्यायले टिकट पाएका छन् । रावल मंगलसेन नगरपालिका वडा नम्बर ९ निवासी हुन भने उपाध्याय वडा नम्बर ५ निवासी हुन् ।

काङ्ग्रेस नेता रावल नेपाल प्रहरीका पुर्व एसएस पि हुन भने उपाध्याय नेकपा एमालेको तर्फबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादीका नेता शरद सिंह भण्डारी संग पराजित हुनुभएको थियो ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेद्धारी घोषणा गर्नुभएका चन्द्र प्रसाद ढुंगाना समेत मंगलसैन निवासी हुन् । नेपाली काङ्ग्रेसका उपसभापति बाट राजिनामा दिएर स्वतन्त्र चुनाव लड्न लागेका हुन ।

प्रदेश सभा क मा भने पञ्चदेवल बिनायक नगरपालिकाबाट उम्मेद्धार तय भएका छन् । गठबन्धनबाट माओवादीका अक्कल रावल र एमालेबाट भिम बहादुर बिष्ट उम्मेद्धार भएका हुन् ।

आम निर्वाचनमा पटक पटक मंगलसैन वरिपरि मात्रै उम्मेद्धार हुने गरेको भन्दै कमलबजार, ढकारी र तुर्माखाँदका नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । नेकपा एमाले अछामका नेता दिपक अधिकारी समेत पार्टीको उम्मेद्धारी छनोट प्रक्रिया देखि असन्तुष्ट भएर राजिनामा समेत दिएका छन् । उनि प्रदेश सभा सदस्यका लागि आकांक्षी थिए ।

विटक क्षेत्रलाई हेप्ने प्रबृद्धीको अन्त्य हुन नसकेको भन्दै उनिहरुले आक्रोस व्यक्त गरिरहेका छन् । विकट क्षेत्रलाई सधैँ पछारि पारिएको र अझ पनि पछाडी पार्ने नियत देखिएको उनीहरुको भनाई छ ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती पुष्पराज शर्मा पनि सबै पार्टीका उम्मेद्धार छनोटका बिषयमा सन्तुष्ट छैनन्   । उनि भन्छन् सबै क्षेत्र बर्ग र भुगोलको समान सहभागीता हुनुपर्ने थियो तर त्यसो हुन नसक्नु दुखद भएको बताउछन् ।

यद्यपी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस ढकारीका नेता धनबहादुर बुढा प्रदेश सभा ख बाट समानुपातिक तर्फको बन्द सुचीमा परेका छन् । कांग्रेसले भने पुर्वी क्षेत्रको प्रतिनिधित्व हुने गरी नेता बुढालाई समेटेकोमा ति क्षेत्रका नागरिक भने केही उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *