अछामका बाढी प्रभावित क्षेत्रमा सरकारको सहयोग, मन्त्री कुँवर सहितको टोलीद्वारा स्थलगत निरीक्षण

अछामका बाढी प्रभावित क्षेत्रमा सरकारको सहयोग, मन्त्री कुँवर सहितको टोलीद्वारा स्थलगत निरीक्षण

अछाम , २ असोज :  नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर र सुदुुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बल बहादुर सोडारी कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउनु भएको छ ।

मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गर्नुभयो  ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गर्नुभएको थियो ।

आइतबार  थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यक थप राहत भोलिबाट नै उपलब्ध गराइनेछ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्न देखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने प्रजिअ बिश्वराज मरासेनीले जानकारी दिनुभयो  ।

शुक्रबार राती आएको अविरल वर्षाकाे  कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको थियो भने ढकारी गाउँपालिका वडा नम्बर १ निवासी मोतिराम रिमाललाइ चाइरा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *