नेपाली कांग्रेस क्षेत्र न.२ (ख)मा गणेश बहादुर शाहीको चर्चा

नेपाली कांग्रेस क्षेत्र न.२ (ख)मा गणेश बहादुर शाहीको चर्चा

नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र न.२ प्रदेश ख देखी गणेश बहादुर शाहीको चर्चा चुलिएको छ।
२०४४ साल देखि नै बिजया माबी दुल्लुमा अध्यन गर्दा गुरु नारायण उपाध्यायको प्रेरणा बाट ने वि संघमा प्रभावित भएका हुन! २०४६ मा सत्यवादी मा विको बिद्यार्थी हैसियतको आन्दोलनमा तीन दिने हिरासत बिताएका शाही २०४९ मा दैलेख जिल्ला सदस्य र दैलेख काठमाडौं सम्पर्क समिति उपाध्यक्ष हुँदै ०५३ मा त्रिभुवन बिश्वबिद्धालय अन्तरगत त्रीचन्द्र कलेजका प्रजातान्त्रिक प्राध्यापक कर्मचारी तर्फबाट कोषाध्यक्ष समेत भएर विभिन्न तहमा भुमिका निर्वाह गर्दै आउनु हुँदै लामो समय देखी बिद्यार्थी राजनीतिमा सक्रिय भएर अध्यापन गराउदै आएका शाहीले २०७४ को स्थानीय तहको निर्वाचनमा भाग लिने क्रममा अध्यापन पेशाबाट राजीनामा दिएका थिए! पार्टीका विभिन्न तहमा बसेर र निर्वाचन जिताउन भुमिका खेल्नुभएका शाहीले काठमाडौंमा रहदा विभिन्न बिरामी र अध्यन गर्ने बिद्यार्थीलाई सहयोग गर्दै सामाजिक सेवामा सक्रिय पुराना नेता समेत हुन! कांग्रेस पार्टीका विभिन्न जागरण कार्यक्रम र पार्टी नेतृत्वम पुगेका कयौं नेताहरू उतिबेला त्रीचन्द्र कलेजमा अध्यनमा रहदा र उहाँले अध्यापन गराउने कलेज देखी ने वि संघलाई महत्त्वपूर्ण सहयोग गर्दै आएका शाही सक्रियरुपमा अब सामाजिक सेवा गर्न चाहन्छन।
इमानदारी छवि भएका शाही विवादरहित उम्मेदवार हुन् जनताका नजरमा उहाँ राम्रो प्रभाव मानिन्छ र उनले निर्वाचन जित्ने आंकलन गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *