यस्तो छ जिनियस र टेल्जीको विद्युतिय मोटरसाइकल र स्कुटर

यस्तो छ जिनियस र टेल्जीको विद्युतिय मोटरसाइकल र स्कुटर

यम मा ई मोटर्स प्रालीले २ ओटा कम्पनीका ४ वटा मोडलका अत्याधुुनिक विद्युतिय मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याएको छ।

कम्पनीले गत वर्षको नाडा अटो शो देखि नै मोटरसाइकल र स्कुटर सार्वजनिक गरेपनि हाल नक्सालमा शोरुम संचालन गरेर बिक्री वितरण सुरु गरेको हो।

यम मा ई मोटर्स चिनियाँ विद्युतिय सवारी साधन निमार्ता कम्पनीसगँ मिलेर आफ्नै ब्राण्ड नाममा जिनियस मोटरसाइकल आयात गरिरहेको छ। चीनमा तेस्रो नम्बरमा पर्ने टेल्जी स्कुटर पनि नेपालको आधिकारिक वितरक हो।

टेल्जी स्कुटर युनाइटेड नेशनको इन्भ्यारेमेन्ट ई मोबिलिटी प्रोग्रामको पर्टनर समेत रहेको छ।

हाल कम्पनीले जिनियस अन्तरर्गत एक्स ४६ र एक्सवाई ४६ मोटरसाइकल र टेल्जी स्कुटर अन्तरर्गत लायन र टाइगर सार्वजनिक गरेको छ।

टेल्जीको लायन स्कुटरमा २ हजार ५ सय वाट मोटर र ६० भोल्ट, ३२ एम्पिएरको व्याट्री प्रयोग गरिएको छ। यसले फुल चार्जमा २ युनिट भन्दा कम बिजुली खपत गर्ने र ८५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।

यसमा डिस्क ब्रेक एलइडी प्रोजेक्टर हेडलाइट, कि लेस स्टार्ट, ट्युब लेस टायर , आरामादायी सिट, ६ इन्चको एलसिडी स्क्रिन, सेन्सर टेक्नोलोजी, थिफ्ट अर्लाम एक्टिभिसन सिस्टम लगायत विशेषता रहेका छन्। कम्पनीले यसको मूल्य १ लाख ८३ हजार निर्धारण गरेको छ।

टेल्जीको टाइगर स्कुटरमा २ हजार ५ सय वाटको मोटर छ र ७२ भोल्ट ३२ एम्पिएरको ब्याट्री जडान गरिएको छ। यसलाई फुल चार्ज गर्दा २ युनिट भन्दा कम बिजुली खपत गर्छ भने फुल चार्जमा ९५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। यसका फिचर्सहरु लायनको जस्तै छन्। कम्पनीले यसको मूल्य १ लाख ८३ हजारनै राखेको छ।

त्यसैगरी जिनियसका एक्स४६ र एक्सवाई ४६ मोडलका मोटरसाइकलहरुमा ४ हजार वाटको मोटर जडान गरिएको भने ७२ भोल्ट, ६० एम्पियरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ। फुल चार्जमा १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने यो मोटरसाइकलले फुल चार्ज गर्दा ३ युनिट भन्दा थोरै युनीट खपत गर्छ।

यी मोटरसाइकल ३ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्न सक्छ। यसलाई फुल चार्ज हुने ३ देखि ४ घण्टा लाग्ने कम्पनीले जनाएको छ।

यी दुवै मोटरसाइकल अलोए ह्विल, डबल फ्रन्ट/सिङ्गल रेयर डिस्क ब्रेक, एलइडी हेडलाइट, ब्याट्री म्यानेजमेन्ट सिस्टम, हिल हसिस्ट सिस्टम, स्ट्याण्ड सेन्सर, इभर्ट फ्रन्ट सस्पेन्सन्, ब्याट्री पुनःनिमार्ण प्रणली, एन्टी थिफ अर्लाम लगायतका फिचर्सले सुसज्जित छ।

कम्पनीले एक्स ४६को मूल्य ४ लाख २६ हजार र एक्सवाई ४६को मूल्य ४ लाख १६ हजार निर्धारण गरेको छ।

कम्पनीले ब्याट्री मोटर र कन्ट्रोलरमा २ वर्षको वारेन्टी दिने यम मा ई मोटर्स प्रालीका निर्देशक सन्जिव शिल्पकारले जानकारी दिए।
‘ यी पाट्स २ वर्षसम्म बिग्रियो भने नयाँ फेरिदिन्छौ र अरु पाट्स बिग्रियो भने हामी निकै सस्तो मूल्यमा फेरिदिन्छौ। हाम्रो काम बेच्ने मात्र होइन, विक्रीपछिको सेवाको लागि पनि दत्त चित्त भएर लागेका छौ,’ उनले सेतोपाटीसगँ भने।

अहिले विद्युतीय सवारीसाधनमा धेरै अनुसन्धान भइसकेकोले यसमा शंखा गर्ने ठाउँ नरहेको उनले दावी गरे।

विद्युतीय सवारी साधनले प्रदुषण रोक्ने मात्र नभई ग्राहकको प्रत्यक्ष खर्च पनि घटाउने उनले बताए।

‘रनिङ कस्ट निकै थोरै छ र नेपालमा विद्युत उत्पादन बढिरहेको छ त्यसकारण पनि विद्युतिय सवारी साधन हाम्रो भविस्य हो,’ शिल्पकारले सेतोपाटीसगँ भने।

Leave a Reply