तुर्माखाँद गाउँपालिकामा 4G सेवा सुचारु

तुर्माखाँद गाउँपालिकामा 4G सेवा सुचारु

कमल बुढा ,अछाम भदौ १८: तुर्माखाँद गाउँपालिका मा रहेकाे कालसैनी डाडा मा रहेकाे टावर मा 4 G सेवा सुरु भएको  छ ।  ईन्टरनेटको पहुँच बाट बन्चित यस क्षेत्रका नागरिकहरुलाइ 4G  सेवा सुचारु भएपछी निकै नै सजिलो भएको छ ।                                                                    तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर बिसि को पहलमा 4G सेवा सुचारु गरिएको हो ।                                                               नेपाल टेलिकम सुदुरपश्चिम प्रादेसिक कार्यालय र नेपाल विधुत प्राधिकरण सुदुरपश्चिम प्रादेशिक कार्यालयमा पुगेर वडा अध्यक्ष बिसिले ट्रान्सर्फमर ल्याइ जडान गरेपछि ईन्टरनेटको माध्यम बाट गर्ने हरेक काममा सहजता भएको छ ।  नेपाल टेलिकमका कार्यालय प्रमुख किशोर  कुमार भट्टले    4G सेवा र फाइवर नेटवर्कमा समस्या हुन् नदिन कर्मचारी समेत खटाउने बताए । आफू जनताको काम गर्नका लागी जनता चुनेर पठाएकोले आफ्नो कार्यकालमा वडा नम्बर ४ को विकासको लागि कुनै कसुर बाकी नराख्ने वडा अध्यक्ष बिसिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *