डडेल्धुरा प्रदेश सभा (ख) मा उठ्ने पुर्व मेयर पाठककाे घाेषणा

डडेल्धुरा प्रदेश सभा (ख) मा उठ्ने पुर्व मेयर पाठककाे घाेषणा

अासन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा डडेल्धुरा जिल्लाकाे प्रदेश ‘ख’ मा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घाेषणा गर्दै अाफ्नाे पृष्ठभूमि ,याेगदान र पार्टिमा गरेकाे लगानी बारे लख्दै उनले अाफु डडेल्धुरा बाट प्रदेशसभा सदस्यका लागि याेग्य उम्मेदवार भएकाेले र पार्टिले टिकट दिने विश्वास रहेकाे लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा उम्मेदवारी घाेषणा गर्दै लेखेकाे छन् ।
आदरणिय दिदि – बहिनी दाजू भाई हरु
आगामी २०७९ मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदुर पश्चिम प्रदेश सभाको लागी डडेल्धुरा प्रदेश “ख” बाट नेपाली कांग्रेसको. तर्फबाट प्रदेश सभा सदस्य को उम्मेद्‌वारी को लागी मेरो स्वाभाविक दाबी रहेको जानकारी गराउन चाहन्छु ।
वि.सं. २०४७ अगाडी नेपाल विद्यार्थि संघ को नेता कार्यकर्ता को रुपमा करिब १० बर्ष काम गरेको बि स २०४२ को सत्याग्रह र २०४६ को जन आन्दोलन मा सक्रिय सहभागीता र गिरफ्तारी तथा वि सं २०४७ पछि नेपाली काँग्रेस को जिल्ला कार्यसमिति सदस्य सचिव तथा पटक पटक माहाधिवेसन प्रतिनिधि माहासमिति सदस्य भै महत्वपूर्ण भूमिका मा काम गरेको जानकारी गराउन चाहन्छु ।
साथै विस २०५४ को स्थानिय निकायको निर्वाचनमा नेका को तर्फबाट त्यस्तो देशभरी नै काँग्रेस कोलागी प्रतिकुल परिस्थिति रहेको बेला नगरप्रमुख मा निर्वाचित भै अमरगढी नगरपालिका को संस्थापक नगरप्रमुख को भूमिका निर्वाह गरेको जानकारी गराउन चाहन्छु । उपरोक्त विविध कारणले यस पटक प्रदेश सभा सदस्य मा मेरो उम्मदवारी हुनुपर्छ भन्ने डडेलधुरा कांग्रेस का साथि हरु को सल्लाह बमोजिम मैले उम्मेद्‌वारी को दाबी गरेको छु । पार्टीका सम्बधित निकाय र नेतृत्व बाट उपयुक्त निणर्य हुनेछ भन्ने कुरामा बिश्वस्त छु । जय नेपाल मोहन राज पाठक संस्थापक मेयर अमरगढी नगरपालिका डडेल्धुरा पूर्व महासमिति सदस्य नेपाली कांग्रेस डडेल्धुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *