गगनको समर्थनमा धनराज

गगनको समर्थनमा धनराज

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापतिको हात बलियो बनाउन तेलको कचौरा लिएर पाखुरामा लगाउन जान नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपसभापति गुरुङले पार्टीलाई बलियो बनाउन आफूहरू लागि रहेको बताउँदै त्यसका लागि सभापतिको हातमा तेल चाहिँ घस्न नसक्ने स्पष्ट पारेका हुन् ।उनले बैठकमा नेताहरू वादी प्रतिवादी झैँ प्रस्तुत भएकोमा असन्तुष्टि व्यक्त गरे । यसरी पार्टी बन्न नसक्ने उनको भनाइ थियो । पार्टीका महामन्त्री गगन थापाको आलोचना गरेकोमा उनले आपत्ति जनाए । उनले भने, ‘तपाईंहरू वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भनिरहनुभएको छ। गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत कसको थियो?’ उनले सभापति शेरबहादुर देउवाको आवश्यकताभन्दा बढी आलोचना गरेकोमा पनि नेताहरूलाई सचेत गराए । उनले भने, ‘अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ, भनेर तरबार बोकेर हिँडिरहनुभएको छ। सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि नाक काटिन्छ? विचार गर्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *