सानेपामा शेखरले भने- संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्छ

सानेपामा शेखरले भने- संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्छ

नेपालीका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले संसदमा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नुअघि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले अहिलेको विधेयकमा भएका प्रावधान गलत भएकाले त्यो अघि बढाउन नसकिने बताएका हुन्

ओली सरकारले ल्याएको अध्यादेशको पनि हामीले विरोध गरेको हो। अहिले आएको विधेयक पनि अघि बढाउन सकिने खालको छैन,’ कोइरालाले भने, ‘यो तुरून्त फिर्ता लैजानुपर्छ।’

यसअघि आजै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आफ्नै पार्टीको सरकारले ल्याएको विधेयक फिर्ता लिनुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *