तुर्माखाँद गाउँपालिका करार कर्मचारी द्वारा अध्यक्ष बि.सी .लाई ज्ञापनपत्र पेश

तुर्माखाँद गाउँपालिका करार कर्मचारी द्वारा अध्यक्ष बि.सी .लाई ज्ञापनपत्र पेश

स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मंच तुर्माखाँद गाउँपालिका समितिले विभिन्न माग सहित गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । मंचका अध्यक्ष हर्क बहादुर बुढा ,सुरपश्चीचम प्रदेश उपाध्यक्ष कमल बहादुर बुढा ,स्थानीय तह अस्थायी करार कर्मचारी जिल्ला सल्लाहकार समिति संयाेजक भिम बहादुर  चलाउने, सुचना प्रविधि अधिकृत कृष्ण बहादुर साेडारी नेतृत्वको कर्मचारीहरुको टोलिले गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि. सी लाई ज्ञापनपत्र बुझाएको हो ।    कर्मचारीहरुका सामुहिक माग समेटीएको ९ बुदे ज्ञापनपत्र पेश गरिएको जनाइएको छ । अध्यक्ष हर्क बहादुर बुढा लगायत शाखागत कर्मचारीकाे हस्ताक्षरमा ज्ञापनपत्रमा पद अनुसारको समान तलव भत्ताको व्यावस्था गरिनुपर्ने लगायत ९ वटा बुदामा मागहरु राखिएको छ । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि. सी करार कर्मचारीहरुका मागहरु जायज भएको र माग पुरा गर्न आफुले सक्दो पहल गर्ने बताउनुभयो । ज्ञापनपलाई आगामी कार्यपालिका बैठकमा पेश गरि छलफलको विषय बनाउने र कर्मचारीहरुका माग सम्वोधनका लागि पहल गर्ने अध्यक्ष बि. सी काे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *