रामचन्द्र पौडेल संग नाता सम्बन्ध हुनु अपराध हो र ?

रामचन्द्र पौडेल संग नाता सम्बन्ध हुनु अपराध हो र ?

एक सामान्य किसान घरपरिवारमा जन्मिएका रामचन्द्र पौडेलको नाम नेपाली राजनितिमा सधैँ बुलन्द भैरहन्छ । वि.सं. २००१ सालमा तनहुँको रिस्ती , बाहुन पोखराको एक किसान परिवारमा रामचन्द्र पौडेलको जन्म भएको थियो । मुलुकमा पञ्चायती ब्यवस्था लागु भएदेखि नै नेपाली कांग्रेको राजनितिमा लागेका पौडेल मुलुकका हरेक राजनितिक घटनाहरुमा सक्रिय रुपमा लाग्दै आएका हुन् ।
जहीले निष्ठाको राजनीति गर्दै आएका पौडेल आफ्नै संघर्षले राजनीतिमा स्थापित बनेका हुन् । पौडेल किसानको छोरो हुन् कुनै बिरासतको राजनीतीबाट उनी माथि उठेका हैनन ।
अनेक आँधी,हुरी वतास आउँदाखेरी पनी लोकतन्त्रको दियो निभ्न दिएनन् । कांग्रेस संकटमा पर्दा कत्तीपनि विचलीत भएनन् ।
पोडेल अहिलेसम्म कुनैपनि गम्भीर विवादमा मुछिएका छैनन । भ्रष्टाचारमा नमुछिएका ईमानदार र निस्कलंक छवी भएका नेताका रुपमा उनि चिनिन्छन । राजनीतिमा उनका विरुद्ध कम्युनिष्ट (विपक्षी ) त लाग्नै भए तर पार्टी भित्रकै नेताहरुबाटै उनलाई पछाडी धकेल्ने प्रयास बेलाबेला हुने गरेको छ उनी त्यसको कुनै प्रवाह नगरी जनताका माझमा प्रष्ट तरिकाले भिजेकाछन ।
सम्बन्ध बिनाको जिवन हुदैन जो कोही संग कहीँ न कहीँ नाता सम्बन्ध जोडीएको हुन्छ । जुनसुकै ब्यक्ति पनी आफ्नो क्षमता ,बौद्धीकता र लगनशिलताले विभिन्न भुमिकामा रहन्छन उनको परिवार भित्र र उनी संग नाता सम्बन्ध जोडिएका जो् कोही पनि आफ्नो योग्यता र क्षमताले विभिन्न स्थानमा छन । आज उनको राजनीति कमजोर बनाउने उदेश्यले उनलाई परिवारवादको जालोमा फाल्ने गरिएको छ ।
के पौडेल संग नाता सम्बन्ध हुनु अपराध हो र ?
पौडेल संग नाता सम्बन्ध भएकै कारण आज धेरै उनका आफन्तजनहरुका चरित्र हत्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *