शेखर र गगनले एउटै मञ्चबाट भने – चुनावी गठबन्धन पार्टी निर्णयविपरीत

शेखर र गगनले एउटै मञ्चबाट भने – चुनावी गठबन्धन पार्टी निर्णयविपरीत

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णय विपरीत कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन् ।

नेविसंघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन् ।

उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सवै लाग्नुपर्ने धारणा राखे । नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिष्टको सहारा नचाहिने स्पष्ट पारे ।

त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिष्टहरू एकै भएपनि एक्लै चुनाव लड्नसक्ने कांग्रेस बनाउनुपर्ने बताए । उनले चुनावमा हुने पदको बार्गेनिङसँग कांग्रेस डराउन नहुने तर्क गरे ।चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *