भरतपुरको मेयर नछाडने बटमलाइन सहित चितवन कांग्रेसका नेताहरू काठमाडौंमा

भरतपुरको मेयर नछाडने बटमलाइन सहित चितवन कांग्रेसका नेताहरू काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी मात्रै चुनावी तालमेलको निर्णय लिन सत्ता गठबन्धनको ध्यानाकर्षण गराएका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

भेटमा चितवनका नेताहरूले विगतमा माओवादीलाई मेयर दिएकोले यसपटक कांग्रेसले पाउनुपर्ने अन्यथा पार्टी संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । जवाफमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धन संयोजक पौडेलले मागबारे गठबन्धनमा छलफल हुने बताए । ‘तपाईंहरूको चासो मैले बुझेको छु । गठबन्धनमा यसबारे छलफल हुन्छ नै । सभापति र अरु नेताहरूलाई पनि भन्नुहोला’, पौडेलको भनाइ थियो ।

चितवन कांग्रेसका सभापति राजेश्वर खनालले गठबन्धन र पार्टीको निर्णय स्वीकार गरेपनि भरतपुरको मेयर छाड्ने अवस्था नरहेको बताए ।् ‘गठबन्धन र चुनावी तालमेलको निर्णय हामी स्वीकार्छौं तर भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो’, खनालले भने । चितवनका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापा समेतलाई भेटेर आफ्नो बटमलाइन राख्ने जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *