मन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयका कर्मचारी कुटे

मन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयका कर्मचारी कुटे

काठमाडौँ- गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन्। उनले मन्त्रालयका सूचना   अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ। थप विवरण आउन बाँकी छ।

मन्त्रालयकै कामको विवरण फाइल पुर्‍याउन गएको बेला मनाङेले उनीमाथि हातपात गरेका हुन्। ओझाले मंगलबार आफूमाथि हात भएपछि लगत्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीलाई जानकारी गराएका थिए। त्यस्तै उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि उक्त घटनाबारे जानकारी गराइसकेका छन्।

आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि बुझ्न बाँकी रहेको अधिकारीले बताए । ‘म सुरक्षा समितिको बैठकमा बागलुङमा छु,’ उनले भने, ‘उहाँ (ओझा)ले हिजो फोन गरेर म बिदामा बस्छु अब भन्नुभएको थियो। त्यसपछि फोन अफ छ।’

Leave a Reply