कास्कीबाट प्रदेशसभा सदस्यमा दुर्गा लामिछानेको चर्चा

कास्कीबाट प्रदेशसभा सदस्यमा दुर्गा लामिछानेको चर्चा

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभाकाे निर्वाचनमा कास्की क्षेत्र नं.१ काे प्रदेश-क बाट प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसकाे तर्फवाट उमेदवार हुने रस्साकस्सि सुरु भएकाे छ । नेपाल तरुणदलकाे केन्द्रीय स्तरकाे नेत्रि र नेपाली काँग्रेस केन्द्रीय महाधिवेश प्रतिनिधि समेत रहेकि युवा नेत्रि दुर्गा लामिछानेकाे प्रदेशसभा सदस्यका लागि बलियाे दावेदारका रुपमा चर्चा हुन थालेकाे छ ।

नेपाली काँग्रेसलाई समयसापेक्ष आम नेपालीले भरोसा गर्ने पार्टीका रुपमा स्थापित गर्नुपर्ने दूरगामी सोचका साथ पार्टीका विभिन्न तह र तप्कामा नेतृत्व गर्दै आएकी लामिछाने पार्टीको तर्फवाट कास्की-१ प्रदेश-क मा प्रदेशसभा सदस्यका लागि उमेदवार बन्ने तिव्र तयारिमा लागेकि छन् ।
बिधार्थी जिवनबाटै राजनीतिमा सक्रिय रहि जुझारु नेत्रिकाे छवि वनाएकि लामिछाने महिलाहरुकाे प्रतिनिधित्व र अधिकारका बिषयमा बुलद अावाज उठाउने नयाँ भिजन सहितकाे युवा नेत्रि भएका कारण कास्किमा प्रदेशसभा सदस्यका लागि जित्न सक्ने उपयुक्त उमेदवार हुने कास्की क्षेत्र.नं.१ का एक स्थानीय नेताले बताए ।

कानुन र विकासशास्त्र बिषयमा स्नातकोत्तर गरि हाल अन्तर्राष्ट्रिय सम्वन्धमा पिएचडि सक्लर रहुनभएकि लामिछाने बिश्वव्यापि विकासका माेडल र राष्ट्रिय,अन्तर्राष्ट्रिय विविध आयाम  र विषयबारे गहिराे जानकार समेत रहेका कारण उनकाे भिजन र जाेसजाँगर सहितकाे नयाँ अनुहारलाई जनताले अनमाेदन गर्ने विश्वास कास्कीका बुद्धिजीवीहरुमा रहेकाे पाइन्छ ।

नेतृ लामिछानेले नेपाल विद्यार्थी संघमा कालीका बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसको इकाई समिति सदस्य हुँदै कास्की क्षेत्र नं १ को सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ भने नेपाल तरुण दलको नगर समिति सदस्य हुँदै नेपाल तरुण दल कास्कीबाट महाधिवेशन प्रतिनिधिका रुपमा केन्द्रीय महाधिवेशनमा भाग लिइसक्नुभएको छ । तरुण दलमा कृयाशिल रहँदा संगठन विस्तार अभियानका साथै अन्य सामाजिक काममा सहभागी हुँदा उहाँले देशका ६७ जिल्लामा पुगी त्यहाँको भूगोल एवम् वस्तुस्थितिबारे जानकार हुनुहुन्छ । नेतृ लामिछानेले विभिन्न संघ संस्था एवम् राजनीतमा क्रियाशिल रहँदा विश्वका विभिन्न २४/२५ देशमा भ्रमण गर्नुभएको छ । उहाँले अन्तराष्ट्रिय डेमोक्रेटिक युथहरूको सञ्जालमा आवद्ध रही अन्तराष्ट्रिय राजनीतिलाई पनि नजिकबाट नियाल्ने अवसर समेत पाउनुभएको छ ।

नेतृ लामिछाने यिनै अनुभव र सिकाईका आधारमा राजनीतिमा लागि पार्टी, समाज र राष्ट्रलाई योगदान गर्न सक्ने विश्वासका साथ क्रियाशिल रहेकाेले कास्किकाे क्षेत्र.नं.१ काे प्रदेश ‘क क्षेत्रलाई मुलुककै नमुना बिकासकाे माेडलका रुपमा स्थापित गर्ने उनकाे मुख्य एजेन्डा सहित प्रदेशसभाका लागि चुनाव लड्ने तयारिमा रहेकाे चर्चा कास्कि जिल्लामा चल्न थालेकाे छ ।

राजनीति देशको मूल नीति रहेको र यसले राज्यको हरेक क्षेत्रमा प्रभाव पार्ने भएकोले पार्टी र मुलूककाे नेतृत्व सवल, सक्षम र नैतिकतवान हुनुपर्ने कुरामा नेत्रि लामिछानेले मुख्य जाेड दिदै आएकि छन् ।

कानून एवम् विकासशास्त्रको विद्यार्थी रहेकि लामिछाने आँफूले प्राप्त गरेका अनुभव तथा ज्ञानलाई राजनीति एवम् सामाजिक कार्य मार्फत उपयोग गर्ने र भावी पुस्ताले आँफूले भोगेको भन्दा सुखी,समृद्धियुक्त वातावरण पाउनुपर्छ भन्ने अठोटका साथ राजनीतिमा लागेकोले व्यवहारिक कार्यान्वयनका लागि राज्यकाे नीति निर्माण गर्ने ठाउमा पुग्नु पर्ने अावश्यकता रहेकाेले प्रदेशसभा सदस्यका लागि लामिछानेकाे उम्मेदवारी उपयुक्त हुने कस्कि-१ का काँग्रेस निकट एक शिक्षकले बताए ।

अग्रज तथा समकक्षी समेतको सल्लाह र सुझावलाई आत्मसात गर्दै उम्मेदवारी दिने तयारिमा रहेकि लामिछानेलाई सबैको साथ र सहयोग मिल्ने विश्वास रहेकाे उनी निकट महिला नेत्रिले बताइन् ।
लामिछानेकाे उम्मेदवारी केवल व्यक्तिगत मात्र नभै आँफू जस्ता रुपान्तरणकारि साेच, विचार र भिजन राख्ने समुनन्त नेपालका पक्षधर युवाहरूको उम्मेदवारी हुने काँग्रसका क्रियाशील एक युवाले बताए ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नु पर्छ भन्ने सुझाव अग्रज र साथिहरुवाट व्यापक अाइरहेकाे छ, सबैकाे सल्लाह,सुझावलाई सकारात्मक रुपमा हेरिराखेकाे छु । भिजन र दृष्टिकोण सहित नयाँ अनुहार उम्मेदवार भए हुन्थ्यो भन्ने धारणा अाममानिसमा रहेकाे पाइन्छ, त्यसैले आफू उम्मेदवार बनेर सबै बर्ग र समूदायको भावनालाई प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र भावी पुस्ताकाे सुनाैलाे भविष्य निर्माणका लागि अधार स्तम्भहरु तयार गर्न प्रतिवद्ध रहदै व्यवहारिक कार्यान्वयनमा जाेडि दिने कुराकाे अठाेट सहित अगाढि बढाै कि भन्ने साेच आएको  नेतृ लामिछानेले बताइन् ।

नेतृ लामिछानेले मेराे मुख्य उधेश्य भावि पुस्तालाई हेरेर प्रदेशका नीति बनाउने र मेराे प्रदेश क्षेत्रलाई मुलुककै बिकास र सामाजिक न्यायकाे माेडलका रुपमा स्थापित गर्ने हाे । अग्रज र साथिहरुकाे सुझाव उम्मेदवार बन्नुपर्छ भन्ने छ, नेत्रि लामिछानेले भनिन्, त्यसकारण मेराे उम्मेदवारि दिएर समय सापेक्ष युवाकाे अावाज र समग्र कास्कि क्षेत्र नं.१ का जनताकाे अावज बाेकाै कि भन्ने लागेकाे छ । पार्टिका क्रियाशिल  साथिहरुकाे बिश्वास र हाैसलाले अझै उर्जाका साथ लाग्ने प्रेरणा मिलेकाे छ, यसपालि उम्मेदवार बनेर जनताकाे सेवामा लाग्ने अठाेट      अगाडि बढ्नुपर्छ भन्ने साेच आएको  नेत्रि लामिछानेले बताइन् ।    स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया अाइरहेकाे छ, यसपालि महिला नेतृत्वलाई अगाडि बडाउदा सकारात्मक सन्देश जाने कुराले पनि महत्त्व पाएका कारण लामिछानेकाे उम्मेदवारी बलियाे रहने एक महिला नृत्रिले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *