काङ्ग्रेस नेता सिंह लाई नेबिसंघ नेता गिरिको खुल्ला पत्र

काङ्ग्रेस नेता सिंह लाई नेबिसंघ नेता गिरिको खुल्ला पत्र

श्रद्वेय नेता प्रकाशमान सिंह ज्युलाई खुल्ला पत्र:

नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केही नेताहरू लाई लक्षित गर्दै पार्टीमा बस्नु भन्दा बाहिरिंदा राम्रो हुने भन्दै नेता प्रकाशमान सिंहले गैर जिम्मेवार अभिव्यक्ति दिनु हामी आम नेपाली कांग्रेसका कर्याकर्ता हरुको मनोबल गिराउनु हो ।

“पटक -पटक घर जलाएर खरानी बेच्न” सिपालु नेता सिंह पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेसको उप- सभापति बन्नु भएको स्मरण हामी सामु छ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको नारा दिएर अगाडि बडनु भएको आखिर कता गएर बिलिनु भयो? त्यो सबैमा जग जाहेरै छ । तपाईं आफू मात्र बेचिनु भएन एउटा उच्च वीर साहसी पुर्खाको बिरासत पनि बेच्नु भयो ।
मार्सलजुलुम शाक्य, श्यामलाल श्रेष्ठ, श्रीराम श्रेष्ठ, तिर्थराम डंगोल जस्ता महान नेताहरुको राजनीतिक हत्या पछि तपाईं स्थापित हुनुभएको कुरा घाम जस्तै छर्लंङ्ग छ। मेलम्ची प्रकरणमा भ्रष्टाचारको आरोपमा तपाईंलाई शाही आयोगले जेल चलान गरेको इतिहास सबै नेपाली कांग्रेस कार्यकर्ताहरूको अन्तर मनमा छ। तसर्थ सभ्य शिष्ट, निष्ठा र नैतिकतामा आफ्नो राजनीतिलाई अगाडी बढाउदै लग्नु नै तपाईंको हितमा हुनेछ । कृपया न्युनतम राजनीतिक मर्यादा राख्नुहोस। राजनितीक चरित्र देखाउँनुहोस। माओवादी द्वन्दबाट आक्रान्त मनको पिडा तपाईं बुझ्न सक्नुहुन्न किनकि तपाईं काठमाडौं उपत्यका भन्दा बाहिर कहिल्यै निस्कनुभएन।
जय नेपाल !!!
विक्रमादित्य सिंह गिरी
निवर्तमान अध्यक्ष नेपाल विद्यार्थी संघ कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *