माटो खन्ने क्रममा अछाममा एक महिलाको मृत्यु, एक घाईते

माटो खन्ने क्रममा अछाममा एक महिलाको मृत्यु, एक घाईते

अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा वडाको जैशीगाँउका हर्क जैशीकी २६ बर्षिय श्रीमती धनसरा जैशीको मृत्यु भएको हो ।

चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको स्थानिय बिष्णु बहादुर खड्काले बताए ।

जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउका पत्र जैशीकी १४ बर्षिय छोरी चन्द्रा जैशी पनि गम्भिर घाईते भएकी छन् ।

जाल्पा माबी मुंगा्रचौरमा कक्षा ६ मा अध्ययनरत रहेकी जैशी माटो खन्ने क्रममा च्यापिएर घाईते भएकी हुन् ।
घाईते जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *